September 4, 2021

नेकपा एमाले घोडाघोडीले गर्यो नगरका ११ वडा आयोजक कमिटी गठन (फोटो फिचर)

घोडाघोडी  – नेकपा एमालेले कैलालीको घोडाघोडी नगरपालिकामा उत्साहजनकरुपमा धमाधम संगठन बिस्तार गर्दै १२ मध्ये ११ वटा वडामा वडा अधिवेशन आयोजक कमिटी गठन गरेको छ। जिल्लाको सर्कुलर अनुसार कार्तिक ६ गते हुने वडा अधिवेशनका लागी कम्तीमा २५ सदस्यीय वडा कमिटी गठन गरेको छ। शनिवार सम्म वडा न ९ बाहेक नगरपालिकाका सम्पूर्ण वडामा कमिटी गठन गरिएको युवा नेता शिबराज चन्दले जानकारी गराए।आगामी निर्वाचनमा स्पस्ट बहुमत आउने गरि जनतालाई नेकपा एमालेको स्पस्ट मार्गचित्र बुझाएर अगाडि बढ्ने वडा न १ का अध्यक्ष हरिलाल सापकोटाले जानकारी दिए।
नेकपा एमाले घोडाघोडी वडा अध्यक्षको जिम्मेवारी पाएका नेताहरुको नाम यस प्रकार छ।
१.हरिलाल सापकोटा
२.बिर बहादुर विष्ट
३.दिर्घ बहादुर विष्ट
४.शिबराज गिरी
५.गणेश चन्द
६.जगत भण्डारी
७.पदम बि.क
८.नन्दराम कँडेल
९. बाकी …..
१०.पुर्ण बडुवाल
११.भागिरथी बिष्ट
१२.गणेश चौधरी

Leave a Reply

Your email address will not be published. Required fields are marked *