श्री घोडाघोडी जनप्रीय बचत तथा ऋण सहकारीको आधुनिक भवन निर्माण शिलान्यास कार्यक्रम सम्पन्न


सुखड-असोज २२ शुक्रबार
कैलाली जिल्लाको घोडाघोडी नगरपालिका वार्ड न१ सुखडका रहेको श्री घोडाघोडी जनप्रीय बचत तथा ऋण सहकारी सस्थाको लिमिटेडको आज एक कार्यक्रम गरि भवन निर्माणका लागि शिलान्यास गरिएको छ। सस्थाको सुखड स्थित कार्यालय नजिकै रहेको आफ्नै जग्गामा सस्थाका पुर्ब अध्यक्ष तथा बर्तमान सल्लाहकार समिती सयोजक हरिलाल गैरे र बर्तमान अध्यक्ष खडका बहादुर बम बाट पुजा अर्चना गरि बिधिबत रुपमा शिलान्यास गरिएको हो।सस्थाका ब्यस्थापक चुडामणि भट्टराईका अनुसार भवन आधुनिक र सुबिधासम्म हुने बताएका छन।





