January 25, 2022

मुगुमा बस दुर्घटना हुँदा २३ को मृत्यु, घाइतेहरूको उद्धारमा खटियो सेना र प्रहरी

मुगुमा ३९ जना यात्रु सवार बस दुर्घटना भएको छ । मंगलबार दिउँसो नेपालगञ्जबाट मुगुको सदरमुकाम गमगढी गइरहेको बस दिउँसो १ बजे छायाँनाथ रारा नगरपालिका–७ पिनाटपने खोलामा दुर्घटना भएको हो । 

भे १ ख ३१६७ नम्बरको बस सडकबाट झन्डै ३ सय मिटर तल खसेको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ। 

घाइतेहरुको उद्धारका लागि दुर्घटनास्थलमा नेपाली सेनाको हेलिकोप्टर, नेपाल प्रहरी, सशस्त्र प्रहरी खटिएको समेत प्रहरीले जानकारी दिएको छ । 

दुर्घटनाको प्रकृति गम्भीर भएको र घाइतेहरुको उद्दार गरी मुगुको जिल्ला अस्पताल तथा सुर्खेतको अस्पतालमा ल्याउने काम भइरहेको बताइएको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *