July 6, 2022

एमाले १० औं महाधिवेशनका लागि सुदूरपश्चिमबाट १६९ प्रतिनिधि छनौट

कैलाली, ७ मंसिर । नेकपा ९एमाले० को १० औं महाधिवेशनका लागि सुदूरपश्चिम प्रदेशबाट १६९ जना प्रतिनिधि छनौट भएका छन् ।

महाधिवेशनका लागि कैलालीबाट छनौट क्षेत्र नं। १ मा कमला शाही, सोमबहादुर थापा, तपेन्द्र रावल, श्याम खत्री, द्धावरिका न्यौपाने रहेका छन् । यस्तै क्षेत्र नं। २ बाट रतन थापा, डेजी पाण्डे, दलबहादुर विष्ट, नरबहादुर खड्का, कमला वली, टीका थापा, पदमबहादुर साउँद, गजेन्द्र स्वाँर र धरमबहादुर थापामगर रहेका छन् ।

अबिधेशनको लागि क्षेत्र नं। ३ बाट रतन रेग्मी, छाया देवकोटा, नरेन्द्र वटाला, विष्णु प्रसाद चौधरी र मनराज शाहीरहेका छन् । यस्तै क्षेत्र नं। ४ बाट निर्मला भट्ट, भागरथी विष्ट, हरिसिंह साउँद, पदमसिंह सिंगाल, रामप्रसाद चौधरी, किसन साउँद र धनबहादुर रोकाया छनौट भएका हुन् ।

क्षेत्र नं। ५ बाट जीवन कुमार वम्, राजेश खाती, रणबहादुर चन्द, डिल्लीराज खड्का, झुमादेवी चौधरी, नेपालु चौधरी, शन्तोष शर्मा थापा, धर्मराज पाठक, दुर्गा जोशी, र रुक्मणी देवकोटा महाधिबेशन प्रतिनिधिको लागि छनौटमा परेका हुन् ।

ऐमाले जिल्ला कमिति कैलालीका अनुसार दलित तर्फबाट दान बहादुर विश्वकर्म, विजयराजसिंह मयाल, ललित परियार, मोटीसिंह विश्वकर्म, चन्द्रबहादुर दमाई, सत्यराज स्नेही, हिरा विक र सरिता सिजापति गरि जिल्ला भरि ४४ जना छनौटमा परेका हुन् ।

यस्तै दर्चुलामा १२ जना, बझांगमा १६ जना, बतैडीमा १४ जना, डडेल्धुरामा ११ जना, बाजुरामा २१ जना, कञ्चनपुरमा १६ जना र अछाममा १४ जना प्रतिनिधिको लागि छनौट भएका छन् । यस्तै सुदूरपश्चिम प्रदेश कमिटिले ५ जनालाई मनोनित गरेको जिल्ला पार्टी कार्यालय कैलालीले जनाएको छ ।

एमालेको महाधिवेशन यही मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुँदैछ । महाधिवेशनमा भागलिन जानेले व्यक्तिगत खर्च गर्ने जनाइएको छ । कैलाली जिल्ला अध्यक्ष रतन थापाले प्रतिनिधिले दुई हजार उठाउने र अन्यले स्वईच्छाले खर्च उठाएर जाने तयारी भएको बताउनुभयो । महाधिवेशनका लागि चन्दा संकलन गर्ने, जबरजस्ति जानैपर्ने उर्दिजारी गर्ने कार्य नभएको बताउदै अध्यक्ष थापाले व्यक्तिगत खर्चबाट स्वस्र्फुतरुपमा जाने बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *