July 6, 2022

प्रधानमन्त्री त छैन तर प्रधानमन्त्री भन्दा कम पनि हैनः प्रचण्ड

कैलाली, ८ मसिंर
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू अहिले प्रधानमन्त्री पदमा नभए पनि प्रधानमन्त्रीभन्दा कम नभएको बताएका छन् ।

कैलालीको भजनी नगरपालिकाको नवनिर्मित भवन उद्घाटन र आफ्नो पार्टीको कार्यक्रमका लागि कैलाली आएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सो अभिव्यक्ति दिएका हुन् ।

उनले अघिल्लो सरकारमा हुँदा केपी शर्मा ओलीले जनताको राम्रो काम होस भन्ने नचाहेकोसमेत आरोप लगाए।
प्रचण्डले भने हुन त प्रधानमन्त्री त म होइन्। तर, प्रधानमन्त्री भन्दा कम पनि छैन। अर्थमन्त्रालय हामीसँगै छ। भूमि समस्या समाधान गर्ने मन्त्रालय हामीसँग छ। युवाहरुको रोजगारी खेलकुदको समस्या समाधान गर्ने मन्त्रालय पनि हामीसँग छ। यसपाली केपी ओलीको जस्तो हुँदैन।

उनले, ुआन्दोलनको आँधीबेहरी आएपछि बाध्य भएर संघीयता, गणतन्त्र र धर्मनिरपेक्षतामा आएकाहरु फेरी सल्बलाउन थालेका छन्। पोहोर साल थाहा पाइ हाल्नुभयो संविधान नै उल्ट्याउने प्रयास भएकोु प्रचण्डले भने।

उनले राष्ट्रिय एकता कायम नभएसम्म आफूहरुको लडाइँ जारी रहने बताउँदै आफूहरु शान्तिपूर्ण तरिकाले आवश्यक संविधान संशोधन गरेर अगाडि बढिने बताए। उनले भने माओवादी केन्द्र बलियो भयो भने राष्ट्रले निकास पाउँछ। माओवादी केन्द्र कमजोर भयो भने पाएका उपलब्धी पनि गुम्छन्।ु
ओली नेतृत्वको अघिल्लो सरकारलाई प्रचण्डले ‘झुटो बोल्न सिपालु सरकार’ भनेर टिप्पणी गरे । तर अहिलेको सरकारलाई त्यसो हुन नदिने उनले बताए । उनले भने, ‘अघिल्लो सरकार जनतालाई ठग्न सिपालु सरकार, काम नगर्न सिपालु, अहिले हामीले त्यसो हुन दिएका छैनौं ।’

भूमि व्यवस्था मन्त्रालय माओवादी केन्द्रको भागमा परेपछि महोत्तरीमा लालपूर्जा वितरणको प्रक्रिया सुरु भएको भन्दै प्रचण्डले अन्य प्रदेशमा पनि त्यस्तै कामको थालनी गर्ने आश्वासन दिए । ‘भर्खरै भूमि व्यवस्था मन्त्रालय हाम्रो बनेपछि महोत्तरी जिल्लामा लालपूर्जा वितरणको प्रक्रिया सुरु गरिएको छ । अब पश्चिम, मध्य, पूर्व सबैतिर एकैसाथ लालपूर्जा वितरण गर्न सकिने छ,’ प्रचण्डले भने । उनले कैलाली जिल्लाको विकासका लागि पनि आफूले पहल गर्ने आश्वासन दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *