July 6, 2022

माओवादी केन्द्रको देशभर नगर सम्मेलन

कैलाली,११ मंसिर

नेपाल कम्युनिष्ट पाटी माओबादी केन्द्र को पालिकास्तरिय सम्मेलन प्रत्येक पालिकामा सनिबार सम्पन्न गरेकाछन् । राष्ट्रिय सम्मेलन को तयारी मा सनिवार देश भर पालिका हरु को सम्मेलन हरु सुरु भयका हुन् । कैलालीका विभिन्न पालिकाहरुमा समेत आज नगर सम्मेलन भएकोछ ।

यसै क्रम मा कैलाली को घोडाघोडी नगर को दोस्रो अधिवेशनपनि सुरु भएको छ नेकपा माओबादि
केन्द्रका केन्द्रीय सदस्य तथा सुदुरपस्चिम सहा इन्चार्ज नेप बहादुर चौधरी को प्रमुख आतिथ्यमा सम्मेलन शुरु भएको हो । घोडाघोडी नगरकमिटीका नगर सचिव खगेन्द्र हमाल को अध्यक्षता मा शुरु भएको समेलन को सञ्चालन नेकपा माओबादी केन्द्र घोडाघोडी नगर कार्यालय सदस्य कर्ण वहादुर बोहोरा ले गरेका थिए ।

त्यसैगरी गौरीगंगा नगरपालिकामा समेत सनिवार अधिवेसन शुरु भएको छ । राष्टिय सभा सदस्य हरीराम चौधरी उत्सवको प्रमुख आतिथ्यमा प्रथम नगर सम्मेलन सम्पन्न भएको हो । सम्मेलनको भोली आईतबार बन्दसत्र हुने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *