May 25, 2022

क्षतिपूर्तिमा सहमति नजुटेपछि पुनः सुखड खण्ड सडक अवरुद्द

चाँदनी आचार्य

मसिंर १३ सुखड ,कैलालीमा सनिबार साँझ ट्रकको ठक्करबाट मृत्यु भएका बसन्तराज शर्माका आफन्तले उचित क्षेतिपूर्तिको माग राख्दै सोमबार पुनः सडक अवरुद्ध गरेकाछन् ।

घोडाघोडी नगरपालिका ५ डोकेबजार स्थिति पश्चिमबाट पूर्वतर्फ गइरहेको सु।प।प्र।०१ ००८ प ५४७५ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आइरहेको लु १ ख ४६६६ नम्बरको ट्रकले ठक्कर दिएको थियो । ठक्करबाट मोटरसाइकल चालक घोडाघोडी नगरपालिका १ बेलारका वसन्तराज शर्माको मृत्यु भएको थियो ।

घटना पछि अवरुद्ध गरिएको पूर्वपश्चिम राजमार्ग आईतबार साँझ एक घण्टाका लागि सुचारु गरिएको भएपनि क्षतिपूर्तिमा सहमती नजुटेको भन्दै पुनः सडक अवरुद्ध गर्न बाध्य भएको मृतकका आफन्तले जनाएका छन् ।
ईलाका प्रहरी कार्यालय सुखडका प्रमुख डिएसपि सागर बोहराले ट्रक चालक सम्पर्क विहिन अवस्थामा रहेको र साहुँ मुटुको अपरेसन गरी हस्पिटलमा भर्ना भएको जानकारी दिनुभयो । डिएसपि बोहराले लुम्बिनी प्रदेस समितीको ट्रक भएकाले र ट्रक चालक फरार रहेकाले सहमती जुटाउन समय लागेको बताउनुभयो । ट्रक साहु आफै विरामी भै अस्पतालमा भर्ना भएको र समितिले दिने क्षतीपूर्ति दिने बताइएको छ । पिडित पक्षको क्षतीपूर्तिको माग बढी भएपछि सहमती हुन नसकी सडक अवरुद्ध गरिएको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *