January 25, 2022

दशैँ आए पनि चम्केन व्यापार

कैलाली घोडाघोडी , असोज २८ गते । अचेल कैलालीको सुुुखड बजार् मा केही भीडभाड बढे पनि व्यापार भने बढ्न सकेको छैन । यस वर्षको दशैँ तिहार नजिकै आउँदा पनि व्यापार चम्कन नसकेपछि व्यापारी निराश छन् ।
स्थायी घर कैलाली सुखड बिन्दु पान्डेय्ले दशैँका लागि रेडिमेड तथा थान काचो कपडा बिक्रीका लागि राख्नुभएको छ तर सधैँ झैँ व्यापार छैन । उहाँले अघिल्ला वर्षमा एक सयभन्दा बढी तन्ना बेच्नुहुन्थ्यो । ग्राहक आएर बस्ने ठाउँ हुँदैनथ्यो तर अहिले १० वटा बिक्री हुन पनि गाह्रो छ । घोडाघोडी कैलाली व्यापार गरिरहनुुभएकि उहाँ आफूहरू पनि दशैँ मनाउन केही आम्दानी गर्नुपर्ने भएकाले दशैँको मौका छोपी व्यापार गर्न लागेको तर कोरोनाको महामारीले व्यापार नभएपछि निराश भएको बताउनुुहुन्छ ।

बाटोमा हिँड्डुल गर्ने व्यक्ति पनि पहिलेभन्दा पातला छन् । आफ्नो अनुभव सुनाउँदै उहाँले व्यापार पहिलेको दाँजोमा २५ प्रतिशत पनि छैन, खाद्यान्न बाहेकका वस्तुुको अहिले कारोबार न्यून छ भन्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *