May 25, 2022

भलभन्सालाई कानुनी मान्यता दिनुपर्छ : मुख्य मन्त्री भट्ट

चाँदनी आचार्य
कैलाली, २० मंसिर । सुदूरपश्चिम प्रदेश सरकारका मुख्य मन्त्री त्रिलोचन भट्टले थारुसमुदायको अगुवा भलभन्सालाई कानुनी मान्यता दिने कानुनको आवश्यकता भएको बताउनु भएको छ ।
सोमबार कैलालीको घोडाघोडी तालक्षेत्रमा आयोजित ल्वा·ी पुजा तथा सांस्कृतिक महोत्सव उद्घाटन गर्दै मुख्यमन्त्री भट्टले उक्त कुरा बताउनुभएको हो । अहिले पनि थारु समुदायमा कुनैपनि काम गर्दा भलभन्साहरुको सुझावबाट गर्नुका साथै गाउँको अगुवा समेत भलभन्साले गर्ने भएकाले कानुनी मान्यता आवश्यकता भएको जनाइएको छ ।

मुख्यमन्त्री भट्टले घोडाघोडी ताल धार्मिकपर्यटकले महत्वपूर्ण भएको बताउदै उक्त क्षेत्रमा सबै समुदायको प्रतिनिधित्व हुनेगरी सुदूरपश्चिमकै ठुलो मन्दिर निर्माणमा प्रदेश सरकारले सहयोगगर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।


उहाँले सबै जातजातीको संस्कृति परम्परा जोगाउन प्रदेशसरकार सदैव साथमा रहेको बताउनुभयो । साथै उहाँले ल्वा·ीपुजा तथा सांस्कृतिक महोत्सवका लागि आउनेबर्षमा प्रदेशसरकारले व्यवस्थापनकालागि सहयोग गर्ने बताउनुभयो । उहाँले थारुसमुदायका जेहेन्दार विद्यार्थीकालागि प्राविधिक शिक्षा पढ्न चाहेकालाई प्रदेश सरकारले छात्रावृत्तिको व्यवस्थागरेको समेत जानकारी दिनुभयो ।
उद्घाटन कार्यक्रममा राष्ट्रिय सभा सदस्य हरीराम चौधरी, कृषी मन्त्री विनिता चौधरी घोडाघोडी नगरपालिकाका नगर प्रमुख ममता प्रसाद चौधरी नेकपा माओवादी केन्द्रका नेता नैनसिंह चौधरी, नेकपा एमाले नगर अध्यक्ष बक्त शाही, नेपाली कांग्रेस नगर अध्यक्ष बम् बहादुर सिंह लगायत थारु अगुवाहरुको उपस्थिति रहेको थियो ।


हरेक बर्ष बिबाह पञ्चमीको दिनमा गरिने उक्त पुजा विशेष गरि नयाँ अन्न आफ्ना देउतालाई चढाएर पुजा गर्ने चलन छ भने बलीदिने प्रथा समेत रहेकोछ । उद्घाटन कार्यक्रममा थारु समुदायको झाँकी, कला संस्कृती,भेषभुषा र खानेकुराले स्वागत गरिएको थियो । कार्यक्रम नगर भल्भन्सा बुधराम चौधरीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *