कैलालीमा भैरब बहादुर रावलको अध्यक्षता एकीकृत समाजवादीको २०१ सदस्यीय कमिटी चयन


४ पुस, धनगढी । माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टी कैलालीले जिल्ला कमिटी विस्तार गरेको छ ।
शनिबार धनगढीमा सम्पन्न भएको जिल्ला भेलाबाट भैरवबहादुर रावलको अध्यक्षतामा २०१ सदस्यीय जिल्ला कमिटी सर्वसम्मत चयन गरिएको हो
जिल्ला कमिटीको वरिष्ठ उपाध्यक्षमा विमलकुमार जोशी, उपाध्यक्ष रतना कडायत, सचिव खडक रावत तथा उपसचिवमा वखत विष्ट, दीर्घ जोशी र प्रेमलाल चौधरी सर्वसम्मत चयन भएका छन् ।
जिल्ला कमिटीका पदाधिकारी तथा सदस्यहरूलाई शनिबार नै केन्द्रीय उपमहासचिव विजयकुमार पौडेलबाट शपथ ग्रहण गराइएको थियो ।