July 6, 2022

नकरोड सहकारीको १४औ वार्षिक साधरण सभा सम्पन्न :जैविक विविधता संरक्षण र महिला शसक्तिकरणमा उल्लेखनीय भूमिका

चाँदनी आचार्य
सुखड १७ पौष । कैलालीको सुखडमा रहेको नकरोड घोडाघोडी बहुउद्देश्य सहकारी संस्थाको १४औं वार्षिक साधरण सभा तथा सार्वजनिक सुनुवाई कार्यक्रम सनिबार सम्पन्न भएको छ ।
घोडाघोडी नगरपालिकाका नगरप्रमुख ममता प्रसाद चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न साधरण सभामा वार्षिक प्रगति तथा आर्थिक प्रतिवेदन प्रश्तुत गरिएको थियो । कार्यक्रममा संस्थाका अध्यक्षले आर्थिक बर्ष २०७७।०७८को प्रगति प्रतिवेदन प्रश्तुत गरेका थिए भने सचिव रमा आचार्यले आगामी कार्यक्रमको अनुमानित प्रतिवेदन प्रश्तुत गरेका थिए । कार्यक्रममा दुई करोड ७९ लाख २७ हजार ९२२ रुपैयाँको आर्थिक प्रतिवेदन प्रश्तुत गरिएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि नगरप्रमुख ममता प्रशाद चौधरीले तीन तहको सरकारको मातहतमा रहि सञ्चालन हुने सहकारीको जानकारी दिदै सहकारी मार्फत संस्थागत प्रगतिका साथै व्यक्तिगत प्रगतीपनि हुने बताए । उनले नकरोड बहुउद्देश्य सहकारी संस्था भएकोले कृषी,वातावरण,शिक्षा लगायतका क्षेत्रमा कामगर्दै आएकोमा आगामि दिनमा समेत अझ व्यवस्थित गर्दै जानुपर्ने सुझाव दिए ।
मर्सिकोर नेपालले नगरपालिकासंग सहकार्य गर्दै नकरोड सहकारीलाई १ करोड ३३ लाख गर्ल ट्रान्जिट फन्डका लागि सहयोग गर्ने गरेको जनाइएको छ । उक्त रकम विद्यालय छोडेका सिमान्तकृत बालिका र युवा महिलाका लागि सर्वसुलभ व्याजदरमा विना धितो व्यवसायी कर्जा उपलब्ध गराउने गरेको समेत नगरप्रमुख चौधरीले जनाए । प्रतिव्यक्ति दिदै आएको व्यवसायी कर्जालाई आगामी दिनमा बढाउदै लजाउनुपर्ने सुझाव समेत उनले दिए ।


दुईलाख ५० हजार सम्म कर्जा लिएर उक्त फन्डबाट ११२ जना १६ देखि ३४ बर्ष उमेर समुहका मुक्तकम्लरी,थारु,दलित,जनजाती अपांग महिलाहरु लाभान्वित भएको फन्डका सदस्य प्रभुनाथ जैशीले बताए । संस्थाको कार्यसमितिको नेतृत्वमा महिला रहेको र शेयर सदस्यसमेत अधिकांस महिला रहेकाले उक्त सहकारी संस्था नमुनाको रुपमा कामगर्दै आगाडी बढेको समेत वक्ताहरुले बताएका थिए । कार्यक्रममा शुभकामना व्यक्तगर्दै घोडाघोडी बहुमुखी क्याम्पस लेखासमिति संयोजक तारा सुवेदीले सहकारीलाई अझ नयाँ र वृहत्तर कार्यक्रमकासाथ अगाडी बढाउन स्थानीय सरकारको सहयोगको आवश्यकता रहेको बताए । उनले महिलाहरुले नेतृत्व गरेको एकसय रुपैयाँको सेयर सदस्यबाट शुरु गरेको सहकारीले छोटो समयमा धेरै राम्रो प्रगती हुनुमा सहकारी प्रतिको लगाव, सहकार्यता र पारदर्शिता भएको बताए ।
त्यसैगरी संस्थाको संस्थापक समेत रहेका घोडाघोडी संरक्षण तथा जनजागरण मञ्चका अध्यक्ष हेम बहादुर बम्ले नकरोड सहकारी संस्था स्थापनाको मुख्य उद्देश्य जैविक विविधता संरक्षणका लागि भएको बताए ।
उनले विगत सम्झदै भने ‘घोडाघोडी सिमसार क्षेत्रमा तराई भुपरिधि कार्यक्रम तालले कामगर्दै गर्दा स्थानीयको आयआजर्नलाई जोड्नका लागि सहकारी आवश्यक भएको र सोहि अनुसार यस सहकारी स्थापना भएको हो ।’
४७ जना शेयर सदस्यबाट शुरु भएको उक्त सहकारीमा हाल एक हजार ३७१ जना शेयर सदस्य रहेका छन् । कृषी,शिक्षा,वातावरणका क्षेत्रमा काम गर्ने उक्त बहुउद्देश्य सहकारीबाट कर्जा लिएर प्रगती गर्ने र नियमित बचत गर्नेहरुलाई सम्मान गरिएको छ । सहकारीबाट कर्जा लिएर विभिन्न व्यापार व्यवसायमा लागेकाहरु सहकारीले आफ्नो जैवनशैलीनै फेरिएको बताएका छन् ।
शेयरपुजी ५२ लाख ५८ हजार पुर्याएको उक्त सहकारीले २ करोड ७९ लाख २७ हजार ९२२ रुपैयाँ रिण लगानी गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *