May 25, 2022

युवा नेता अरुण कुँवर बने कैलाली एमालेका “मेन अफ द इलेक्सन “

कैलाली – नेकपा एमाले कैलाली जिल्लाको जिल्ला अधिवेशनको मत परिणाम सार्वजनिक भएको छ । सार्वजनिक मतमा सबै भन्दा बढी मत ३४० मत ल्याएर युवा नेता अरुण कुँवर मेन अफ द इलेक्सन बनी लोकप्रिय मतका साथ जिल्ला सदस्यामा निर्वाचित भएका छन ।
खुल्ला तर्फको सदस्य र विभिन्न कलस्टरका सदस्यहरूको मतगणनामा सबैभन्दा धेरै मत अरुण कुँवरले ल्याएका छन् । २९ वर्षीय उनले ३४० मत ल्याएका हुन् । ५८९ मत मध्ये दुवै टिममा परेका कुँवरले सर्वाधिक मत पाएका हुन् । २१ पदका लागि खुल्ला सदस्यमा ४६ जना बिच प्रतिस्पर्धा भएको थियो । धेरै जनाबीच प्रतिस्पर्धा हुँदा पनि कुँवरले करिब ५८ प्रतिशत मत पाएका हुन।
दलित महिला तर्फ दीपा नेपालीले सबै भन्दा धरै मत पाइन् । उनले ३३८ मत पाइन् ।

जनजाति तर्फ सबै भन्दा धेरै मत ल्याएका मनोज राईले २४२ मत पाएका छन् । उनीहरू तीनै जना युवा हुन् ।
अहिले सबै तर्फको मत गणना सम्पन्न भइसकेको छ । कैलालीमा नव निर्वाचित पदाधिकारीहरूलाई आज दिउसो १:३० बजे शपथग्रहण गराउने कार्यक्रम तय भएको छ ।

एमालेका केन्द्रीय सचिव तथा सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टले उनीहरूलाई सपथ ग्रहण गराउने कार्यक्रम रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *