July 6, 2022

घोडाघोडीका किसानले अझै पाएनन धानबाली क्षतीको राहत

सुखड, २२ माघ । कैलालीको घोडाघोडी नगरपालिकाले धानबाली क्षती विवरण संकलन गरी राहतका लागि पुनःसम्वन्धित निकायमा पठाउने निर्णय गरेको छ । शुक्रबार नगरपालिकाको विपद् व्यवस्थापन समितिको बैठकले सो निर्णय गरेको हो ।
यस अघि क्षतीको विवरण राहतका लागि रकम स्विकृत भएपनि निकासा नभए पछि पुनः रकम निकासाका लागि विवरण पठाउने निर्णय गरिएको छ । नगर उपप्रमुख प्रेमकुमारी थापाको अध्यक्षतामा बसेको विपद् व्यवस्थापन समितिको बैठकमा कृषी शाखाका गणेश शाहीले बर्षातले धानमा पुर्याएको क्षती विबरण प्रश्तुत गरेका थिए । प्रश्तुत विवरण अनुसार घोडाघोडीका १२ वटा वडाका ११ हजार सात सय २७ किसान परिवारको धानमा क्षती पुर्याएको उल्लेख छ । उक्त संख्यामा रहेका किसानको एक लाख ५० हजार ९८६ कट्ठा खेतमा लगाएको धान बालिमा क्षती पुर्याएको हो । गत असोजमा परेको बर्षाले चार विगाह खेतमा लगाएको आलु, नौ विगाह ११२ कट्ठामा लगातएको तोरीमा क्षती पुर्याएको विवरणमा उल्लेख छ ।
क्षती लगतै विपद् व्यवस्थापन समितिको बैठक बसी वडाका क्षती गरेको सम्वन्धित किसानको खेतमै पुगेर विवरण संकलन सम्वन्धित वडा अध्यक्षको संयोकत्वमा गर्ने निर्णय अनुसार क्षतीको विवरण संकलन गरिएको जनाइएको छ ।
बर्षाले बालीमा पुर्याएको क्षतीको विवरण प्राप्त भए लगतै सम्वन्धित प्रदेश र केन्द्र सरकारमा राहतका लागि सिफारिस गरिएपनि राहत निकासा नभएपछि पुनः विपद् व्यवस्थापन समितिको बैठकले राहतका लागि विवरण पठाउने निर्णय गरेको नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत खगेन्द्र बहादुर सिंहले बताउनुभयो । घोडाघोडीमा धान क्षतीका लागि राहत स्वरुप १९ करोड ४८ लाख दुई हजार ३६२ रुपैयाँ रकम स्विकृत भएपनि त्यसको निकासा नभएको जनाइएको छ । न्युनतम ६ सय देखि अधिकतम पाँचहजार सम्म किसानले राहत पाउनेगरी मापदण्ड बनाइएको बैठकमा जनाइएको छ ।
बैठकले सरकारले कोरोना जोखिममा अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मिलाई दिने निर्णय गरिएको जोखम भत्ता अहिले सम्म उपलब्ध नभएकोमा सरकारलाई ध्यानआर्कषण गराउने निर्णय गरिएको छ । सुरक्षाकर्मि, रेडक्रसक्रमी,जनप्रतिनिधि,स्वास्थ्यकर्मि,कर्मचारी,संचारकर्मि सहितको उपस्थिति रहेको उक्त बैठकले आउने जोखिम विपद्लाई मध्यनजर गर्दै हावाहुरी,आगलागी जस्ता विपद्बाट सर्तक र सुरक्षित रहन सचेतना जगाउने र पूर्वतयारी अवस्थामा रहन सम्वन्धित सबैलाई ध्यानआर्कषण गराउने निर्णय समेत गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *