July 6, 2022

नवजीवन सहकारीको चुनावमा पाँच दलीय गठबन्धनका उम्मेदवारलाई हराउँदै एमाले समर्थित अध्यक्षमा वम विजयी

कैलाली । कैलालीको नवजीवन सहकारीमा गठबन्धनका उम्मेदवारलाई हराउँदै देवबहादुर वम निर्वाचित भएका छन् । गठबन्धनका तर्फबाट उम्मेदवार बनेका रतन बहादुर कठयतलाई १३०८ मतले हराउँदै वम निर्वाचित भएका हुन् । वमले ८३९१ मत पाउँदा कठायतले ७०८३मत पाएका थिए ।
वम नेकपा(एमाले) सुदूरपश्चिम प्रदेश कमिटी सदस्य तथा जिफन्ट प्रदेश अध्यक्ष पनि हुन् ।

उपाध्यक्षमा भने गठबन्धनका उम्मेदवारसँग एमाले प्यानलका उम्मेदवार पराजित भएका छन् । गठबन्धनका उम्मेदवार चेतराज ओझासँग एमाले प्यानलका उम्मेदवार भरतराज जोशी पराजित भएका हुन् ओझाले ७३२९मत पाउँदा जोशीले ६८७२ मत पाएका थिए ।

लेखा सुपरीवेक्षण समितिको संयोजकमा पनि एमाले उम्मेदवार पराजित भएका छन् । चेतराज जोशीसँग मदनराज ओझा पराजित भएका हुन् । जोशीले ७१७५मत पाउँदा ओझाले ७४४७मत पाएका थिए ।

लेखा सुपरीवेक्षण समिति सदस्यमा दुवै समूहका एक एक जना निर्वाचित भएका छन् । एमालेको तर्फबाट उम्मेदवार बनेका गणेश प्रसाद उपाध्याय र गठबन्धनको तर्फबाट उम्मेदवार बनेका लक्ष्मी राज पन्त विजयी भएका हुन् । उपाध्यायले ७१४१ मत पाएका थिए भने पन्तले ७०२५ मत पाएका थिए । लेखा सुपरीवेक्षण समिति सदस्यमा सरस्वती वली र सिता विके पराजित भएका थिए ।

वली एमाले प्यानलकि उम्मेदवार हुन् भने बिक गठबन्धन प्यानलकि उम्मेदवार हुन् ।

सञ्चालक समिति सदस्यमा मिश्रित नतिजा आएको छ । एमालेको तर्फबाट इन्दिरा जैसी , गोपाल पाठक, घनबहादुर शाह, डा। महेशराज विष्ट, विश्वनाथ ओझा
शिव कुमार जोशी विजयी भएका छन् ।

गठबन्धनका तर्फबाट उम्मेदवार बनेका उत्तम जोशी, उपेन्द्र विष्ट, केशवराज मिश्र, गणेश बम, जयराज जोशी विजयी भएका छन् ।

गठबन्धनबाट विजयी हुने धेरैजसो काङ्ग्रेसनिकट हुन् । पराजित हुने माओवादी तथ नेकपा एसनिकट छन् ।

सहकारी संस्थामा २९ हजार ५ सय ७७ शेयर सदस्य रहेकोमा १७ हजार ८० मत खसेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *