July 6, 2022

काँग्रेसको बागीले जोगियो एमालेको साख, झिलो मतले घोडाघोडी २का वडा अध्यक्ष विजयी

अघिल्लो स्थानीय तहमा कांग्रेसका उम्मेदवार विजयी भएको घोडाघोडी नगरपालिका वडा नम्बर २ मा यस पटक अध्यक्षमा एमालेका उम्मेदवार विजयी भएका छन् । एमालेका उम्मेदवार लक्ष्मी चौधरी १०२७ मत ल्याएर अध्यक्षमा विजयी भएका हुन् । उनका प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार रणबहादुर भन्डाराले ७०८ मत पाएका थिए । कांग्रेसका आधिकारिक उम्मेदवार हरिराज विष्टले ५०० मत पाएका थिए ।

बिष्ट यस अघिको स्थानीय तह निर्वाचनमा वडाध्यक्षमा निर्वाचित भएका थिए । वडा सदस्यहरूमा एमालेका कलादेबी सिंह ८९४ , एमालेकै रामसुन्दर चौधरी ९८०, नेपाली कांग्रेसका गिता सुनार ११४०, भीम बहादुर भण्डारा ९६१ मत ल्याइ बिजयि भएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *