July 6, 2022

घोडाघोडीमा ३० बर्ष पछि कांग्रेसले तोड्यो एमालेको लालकिल्ला

कैलालीको घोडाघोडी नगरपालिका वार्ड नं 1 मा नेपाली कांग्रेसका उम्मेद्धार घनश्याम ओझा ले ११ सय ३८ मत ल्याई विजयी हासिल गरेका छन् ।उनले निकटतम प्रतिद्वन्दी तिलकराम सापकोटा लाई पराजित गरेका हुन्।खुला सदस्यद्वय कांग्रेसका धुर्ब गौतम १हजार ९३ अमन चौधरी १हजार ३९ मत ल्याई विजयी भएका छन् भने महिला सदस्यमा एमालेकी कृष्णा चौधरी १हजार ५१ मत र दलित महिला सदस्यमा नेकपा एमालेकी जुना सुनार १ हजार ६३ मत सहित विजयी भएकी छन् घोडाघोडी नगरपालिका वार्ड नं एक एमालेको बलियो संगठन र पकड़ भएको वडा मानिन्थ्यो,२०५४सालको स्थानीय निर्वाचनमा पनि साविक दरख गाविस वार्ड ५ मा एमाले ले वडा अध्यक्षमा जितेको थियो २०६४ सालमा नेकपा माओबादि को जनलहर आउँदा पनि यो वडा मा एमालेको अवस्था बलियो रहेको थियो संघ को निर्बाचनमा पनि यो वडा मा एमालेको पकड़ धेरै नै राम्रो थियो २०७४ सालको स्थानीय निर्वाचनमा पनि एमालेले लोकप्रिय मत ल्याई विजयी भएको थियो तर २०७९ सम्म आई पुग्दा एमालेफुट को असर पार्टी भित्रको अन्तर द्वन्द को फाइदा उठाउँदै नेपाली कांग्रेसले एमालेको विरासत तोडेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *