Saturday, September 23, 2023

Hack गर्न गार्हो Strong Password सजिलै बनाउने तरिका :

आजभोली अन्लाईनमा बस्दा Password को काम धेरै नै आउछ र सुरक्षाको कुरा गर्दा आफ्नो password लाई कसरी बलियो र सुरक्षित बनाउने भन्ने कुरा पनि तड्कारो रुपमा आउछ । मानिसहरुमा सधैं यो चिन्ता रही रहन्छ कि राम्रो तथा सुरक्षित password कसरी छान्ने जुन अरुले guess गर्न नसकोस र अझ भनौ password crackers हरुले
crack गर्न नसकोस ।
सजिलो अथवा असुरक्षित password छ भने जहिले चोरी हुने डर रही रहन्छ, password cracker हरुसँग यस्ता धेरै टूल्सहरु हुन्छन र सजिलो password भएमा उनिहरुले सजिलै सँग तपाईंको password crack गरी दिन्छन त्यसैले password छान्दा हामीलेजहिले पनि अरुले guess गर्न नसकिने तथा अली सुरक्षित password छान्न एकदमै जरुरी हुन्छ । हुन त crackerहरु जस्तो password हरु पनि crack गर्न सक्षम हुन्छन तर अली गार्हो र सुरक्षित password भयो भने उनिहरुलाई
पनि crack गर्न धेरै टाईम भने अबस्य लाग्छ । त्यसैले यहाँ कसरी Hack गर्न गाह्रो password सजिलै बनाउन सकिन्छ भन्ने बारे चर्चा गर्न लागिएको छ । यहाँ दिईएको टिप्सको प्रयोग गरेरतपाईंले सजिलै बलियो तर सम्झिन सजिलो password बनाउन सक्नु हुन्छ किन भने कोही कोहीले आफ्नो password बलियो बनाउने धुनमा यस्ता यस्ता शब्दहरु प्रयोग गरी रहेका हुन्छन कि उक्त password सम्झिन नै गार्हो हुन्छ र आँफै बिर्सिन पनि सकिन्छ ।
यहाँ म strong password मात्र
Alphabets को प्रयोग गरेर बनाउने तरिका बारे लेख्दै छु जुन सम्झिन सजिलो छ , यहाँ हामी alphabets हरुलाई थोरै मात्रामा Modify गर्छौ जस्तो कि सबै “l” लाई “L”
सबै “a” लाई “@”
सबै “s” लाई “$”
सबै “i” लाई “!”
सबै “o” लाई “0”
आदि बनाउछौ
जस्तै यस्तो क्यारेक्टरको प्रयोग गरेर बनाईएको शब्द हेर्नुहोस् त : silki = $!Lk!
webtoolsandtips ­ = webt00L
$@t!p$
windowsxp = w!nd0w$xp
missyou = m!$$u
loveyou = L0\/eu
यस्तो शब्दहरुलाई शायदै सजिलै Hack गर्न सकिन्छ, त्यसैले तपाईं
पनि आफ्नो password लाई Hack
Proof बनाउने तिर लाग्नुहोस् ।
बलियोपासवर्डकसरीबनाउने
पासवर्ड राख्दा कम्तीमा पनि ८ या सो भन्दा बढी क्यारेक्टरको प्रयोग गर्नुहोस् ।
पासवर्डमा ठूला तथा साना अक्षरहरुको मिश्रण गर्नुहोस् ।
कम्तीमा एउटा नम्बरको प्रयोग गर्नुहोस् ।
कम्तीमा एउटा स्पेशल अक्षरको प्रयोग गर्नुहोस् ।
पासवर्ड बनाउदा कुनैपनि अर्थ नलाग्ने शब्दको मिश्रण बनाउनुहोस् । जस्तो उदाहरणको लागि ओ को ठाउमा जिरो, एस को ठाउमा डलरको चिन्ह आदि आदि ।
पासवर्ड राख्दाध्यानदिनुपर्नेकुराहरु
कुनैपनि डिक्सनेरीमा पाईने शब्दहरुको प्रयोग नगर्नुहोस् ।
कुनैपनि व्यक्तिगत विवरणहरुको प्रयोग भुलेर पनि नगर्नुहोस् जस्तो आफ्नो नाम, थर, परिवारका सदस्यहरुको नाम, जन्ममिति, मोबाईल नम्बर, ल्याण्डलाईन नम्बर, गाडिको नम्बर आदि ।
किबोर्डमा पाईने अक्षरका लाईनहरु
सजिलै संग गेस गर्न सकिने निम्नानुसारका पासवर्डहरु
अंग्रजी शब्द पासवर्ड
१ देखि ६ सम्मका अंकहरु
६ देखि १ सम्मका अंकहरु
एबिसि१२३
आफ्नो शहरको नाम
आफ्नो कम्पनीको नाम आदि ।
पासवर्डसम्वन्धिकेहिसुझावहरुः
कुनैपनि कारण अरु कसैसग साथिभाई, परिवारका सदस्य, प्रियजन, कुनैपनि कम्पनी तथा वेबसाईट आदि आफ्नो पासवर्ड सेयर नगर्नुहोस् ।
समय समयमा नियमित रुपले आफ्नो पासवर्ड परिवर्तन गर्नुहोस् ।
पासवर्डलाई विर्सन्छ कि भनेर कदापि कुनैपनि असुरक्षित ठाउमा लेखेर नराख्नुहोस् । प्रायःजसो तपाईं हामि कुनैपनि बैंकको सेक्युरिटी कोड होस या पासवर्ड, आफ्नो डायरी, पर्स, मोबाईल आदिमा लेखेर राख्ने गर्दछौं । यो बानीलाई आजै देखि त्याग्नुहोस् । यदि तपाईंको विर्सने बानी छ र धेरै पासवर्डहरु छन भने त्यसको लागि आफुले मात्र बुझ्ने भाषामा आफ्नै कोड बनाएर लेखेर राख्न सक्नुहुन्छ ।
कम्प्युटरमा काम गर्दा होस् या कुनैपनि वेबसाईटमा, कुनैपनि हालतमा अटोमेटिक लगअन, सेभ माई पासवर्ड, रिमेम्बर माई पासवर्ड भन्ने अप्सनमा टिक नलगाउनुहोस् । प्रायः मानिसको आदत के हुन्छ भने आ कम्प्युटरमा सेभ गरेर राखिदियो झन्झटै साफ । त्यस्तो काम कदापि नगर्नुहोस् ।
हाम्रो बानी के छ भने पासवर्ड विर्सन सकिन्छ कि भनेर जे मा पनि एउटै पासवर्ड प्रयोग गर्ने । याहुमा पनि तेहि, हटमेलमा पनि तेहि, युट्युबमा पनि तेहि, जे जे मा पासवर्ड राख्नुपर्ने अवश्था आउछ सबैमा एउटै । यदि कथमकदाचित कसैले पासवर्ड थाहा पायो भने के हालत हुन्छ होला
कम्प्युटर या कुनैपनि वेबसाईटमा काम गरी सकेपछि साईन आउट या लग आउट गर्न नविर्सनुहोस्।
ईमेल मार्फत आएका अनुरोधमा कदापि आफ्नो पासवर्ड र व्यक्तिगत सूचनाहरु नदिनुहोला ।


सबै भन्दा सजिलो strong password बनाउन को लागि जस्तै तपाईं ले facebook को password बनाउदै हुनुहुन्छ भने Facebook@2077-10-02# राख्न सक्नुहुन्छ (बिच मा आफ्नो जन्म मिति ,mobile number को लास्ट 4 number आदि इत्यादी तेस्तै gmail म Gmail@2077-10-02# यस्तो राख्न सक्नुहुन्छ ।
धन्यवाद !!!

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

Leave A Reply

Your email address will not be published. Required fields are marked *