१० माघ, सुखड
कैलालीका किसानहरुलाई कृषि सामाग्री वितरण गरीएको छ । जिल्लाको घोडाघोडी नगरपालिका, भजनी नगरपालिका, गौरीगंगा नगरपालिका र कैलारी गाउँकापालिका किसानहरुलाई कृषि सामाग्री वितरण गरीएको हो । शुक्रबार सुखडमा बिभिन्न पालिकाका किसानहरुलाई संस्थाका अध्यक्ष राम बहादुर सुनारले कृषि सामाग्रि वितरण गरेका छन । दिगो बिकास समाज र वर्डभिजन ईन्टरनेन्सन नेपालको साझेदारीमा संचालित कृषि तथा आर्थिक विकास परियोजनाले चार पालिकाका ६१ किसानलाई ३ लाख ६६ हजार बराबरको कृषि सामाग्री वितरण गरीएको छ । बिउबिजन, टर्नेल, पलाष्टिक र च्याउँ कृषिकलाई कालो पलाष्टिक वितरण गरीएको परियोजना अधिकृत प्रभु ढकालले जानकारी दिए । किसानहरुलाई व्यावसयी प्रवद्र्धनमा सहयोग मिल्ने उदेश्यले कृषि सामाग्री वितरण परियोजनाले जनाएको छ ।