धनगढी : कञ्चनपुरमा हाइसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।
जिल्लाको कृष्णपुर नगरपालिका -५ स्थित पूर्व पश्चिम महेन्द्र राजमार्गमा एक हाइसले ठक्कर दिँदा पैदल यात्री शुक्रलाल चौरीको मृत्यु भएको प्रहरीले बताएको छ ।
शनिबार साँझ ६ बजे पश्चिमबाट पूर्वतिर गइरहेको सुपप्र ०२००१ ख १०४५ नम्बरको हाइसले कैलालीको गोदावरी नगरपालिका -३ बस्ने ५५ वर्षीय चौधरीलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक अमर थापाका अनुसार चौधरीको टाउको र खुट्टामा चोट लागेको थियो । उनलाई अत्तरियाको पद्मा अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि धनगढीको निसर्ग अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको हो ।
चालक कृष्णपुर नगरपालिकाकै वडा नम्बर २ वाणीका २२ वर्षीय चन्द्र बहादुर कुँवर इलाका प्रहरी कार्यालय झलारीको नियन्त्रणमा रहेको प्रवक्ता थापाले बताए ।