काठमाडौं महानगरपालिका–१४ खड्का गाउँमा निर्माण भएको खानेपानी परियोजनाको आज उद्घाटन गर्दै मन्त्री श्रेष्ठले भने, “सबै दल आन्दोलनको नाममा घरदैलौ अभियान भन्दै गाउँगाउँमा चुनाव प्रचारमा लागिसकेका छन् । मुलुक चुनावमय भइसकेको छ । यो चुनाव कसैले पनि रोक्न सक्दैन ।”
ADVERTISEMENT



नेकपा नेतृत्वको सरकारले कैयौँ राष्ट्रिय गौरव र अन्य आयोजनाका कामलाई तीव्रतासाथ अघि बढाए पनि सरकारले काम नगरेको आरोप लगाइएको गुनासो गर्दै अबको निर्वाचनले स्थिरता र समृद्धिका लागि जनादेश दिने जनाए ।