१६ माघ, सप्तरी । एक शिक्षकले कक्षाकोठामै एक छात्रालाई अभद्र अश्लिल दुर्व्यवहार गरेको घटना बाहिरिएको छ । सप्तरीको डाक्नेश्वरी नगरपालिका ३ तरही स्थित जनता माध्यमिक विद्यालयका शिक्षक ओमप्रकाश यादवले कक्षा ८ मा अध्ययनरत एक छात्रालाई सो व्यवहार गरेको पीडितले बताइएको छ ।
गत सोमबार विद्यालयमा टिफिन भएको बेला एकलै कक्षाकोठामा स्वअध्ययन गरिरहेको अवस्थामा शिक्षक यादवले छात्राको खल्तीमा चुङ्गी खोज्ने बहानामा जबरजस्ती छात्राको अंगहरु छोएर अश्चिल कार्य गरेको घटना बाहिरिएको छ । त्यस घटनाको सम्बन्धमा विद्यालयका प्रधानाध्यापक राजकुमार झालाई पीडितसहित सहपाठीहरुले तत्कालै जानकारी गराउँँदा घटना बाहिरिने डरले सो दिन तुरुन्तै विद्यालयमा छुटी गरेको थियो ।
सोमबार चौथी घण्टीमा भएको सो घटना बिस्तारै फैलिएपछि मंगलबार विद्यालयको प्रधानाध्यापक झाको अध्यक्षतामा स्थानीय प्रहरीसहितको उपस्थितिमा बसेको स्थानीयहरुको बैठकमा पीडित छात्राले घटनाबारे बृतान्त बताएपछि नियम कानून अनुसार कारबाही अगाडी बढाउने सर्वसम्मत निर्णय गरेको छ ।

सो निर्णयको जानकारी नगरपालिका कार्यालयको न्यायीक समितिमा पीडितको सक्कलै निवेदनसहित पठाइएको विद्यालयको प्रधानाध्यापक झाले बताए । यता न्यायिक समितिका संयोजक तथा डाक्नेश्वरी नगरपालिका उपप्रमुख इन्दुदेवी यादवले घटना बारे पीडित र सामाजिक स्तरमा जानकारी भएको तर त्यस्तो लिखित जानकारी न्यायीक समितिमा नभएको बताइन । यस्तो प्रकृतिको घटना न्यायीक समिति भन्दा कानूनी उपचारको लागि पीडितले प्रहरीमा उजुरी दिनुपर्ने बताए ।
शिक्षक यादवले छात्राको सम्बदनशील अंगहरु छोएको, निमोठेको पीडितबाट थाहा पाएको भन्दै उपप्रमुख यादवले भने शिक्षक यादवको मनसाय गलत देखियो । चुङ्गी खोज्ने बहाना मात्र हो । सो सम्बन्धमा सो वार्डका अध्यक्ष प्रदिपकुमार साहले अहिले व्यस्त छु । घटना सम्बन्धमा पछि बिस्तृत बताउने बताए ।

जिल्लाकै राजगढ गाउँपालिका १ बलीटोलकी निवासी शिक्षक यादव यस्तो निर्णय भएको थाहा पाए लगतै हाल फरार भएका छन । यादव गणित विषयका निम्न माध्यमिक तहका स्थायी शिक्षक हुन ।
सो घटनालाई ढाकछोप गर्न स्थानी अर्को पक्षले पीडितलाई दवाव दिदै आएको कारण प्रहरीमा उजुरी नआएको एक स्थानीयले बताएको छ । घटना सम्बन्धमा स्थानीय प्रहरी चौकीले जानकारी गराएको तर, उजुरी नआएको कारण थप कारबाही अगाडी नबढाइएको सप्तरी प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक भुवनेश्वरप्रसाद साहले जानकारी दिए ।
फोटो क्याप्सन : गत सोमबारको घटनापछि मंगलबार बसेको बैठकले शिक्षक यादवलाई कारबाही गर्ने गरेको निर्णयको प्रतिलिपि ।
