चन्द्रौटा,कपिलवस्तु, माघ १६
शिवराजमा खेलकुद महोत्सव माघ महिनाको २२ गते देखि संचालन गरिने
। नगरपालिकाका मेयर नेत्रराज अधिकारीले पत्रकारहरुलाई एक कार्यक्रम बिच जानकारी दिएका छन ।
माघ २० गते देखि ३० गते सम्म संचालन हुने प्रतियोगितामा मेयर कप प्रतियोगिता तर्फ फुटबल,क्रिक्रेट र भलिवलका खेलहुने र उपमेयर कप तर्फ महिला फुटबल र कराते प्रतियोगिता हुने शिवराज नगरपालिका शिक्षा,युवा तथा खेलकुद शाखा प्रमुख लोकराज पन्थीले बताए ।
नगर खेलकुद विकाश समितिको आयोजनामा हुन गई रहेको प्रतियोगितामा विद्यालय तथा कल्बहरुको सहभागिता रहने नगर विकाश समितिका अध्यक्ष नेत्र बेल्वासेले बताए ।