केही दिन पहिले सुदूरपश्चिम पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्वागत गर्न सुदूरपश्चिम प्रदेशका मुख्यमत्री त्रिलोचन भट्ट गएनन् । तर, शनिबार प्रचण्डलाई स्वागत गर्ने भने उनी विमानस्थल पुगेका छन् ।
प्रतिनिधिसभा विघटनविरुद्ध शनिबार धनगढीमा आफ्नो पार्टीले आयोजना गरेको आमसभालाई सम्बोधन गर्न नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड धनगढी पुगेका छन् ।
प्रचण्ड काठमाडौंबाट श्रीएयरको नियमित उडानबाट धनगढी पुगेका हुन् । प्रचण्डको स्वागतका लागि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट, आन्तरिक मामिला मन्त्री प्रकाश शाह, प्रचण्ड–माधव समूहका सुदूरपश्चिम ईञ्चार्ज भीम रावल, सहईञ्चार्ज लक्ष्मी जोशी, नेकपाका नेता भानुभक्त जोशी, खगराज भट्टलगायत विमानस्थल पुगेका थिए ।
आमसभामा सम्बोधनका लागि प्रचण्ड–माधव समूहका अर्का अध्यक्ष माधव नेपाल भने हिजै धनगढी पुगीसकेका छन् ।