१७ माघ सुखड ,
नेकपा प्रचण्ड माधव समुहको धनगढीमा विशाल प्रदर्शन हुँदा ओली निकट अनेरास्ववियु र राष्ट्रिय युवा सँघले कैलालीको घोडाघोडी २ साँढेपानिमा सँयुक्त कार्यक्रम भेलाको आयोजना गरेको छ । शनिबार अनेरास्ववियु घोडाघोडीको आयोजनामा उक्त सँयुक्त कार्यक्रम भेलाको आयोजना भएको हो । कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट युवा तथा विद्यार्थिहरुको सहभागिता रहेको थियो । नगरपालिका अगुवा सँयुक्त कार्यक्रम भेलामा बोल्ने बक्ताहरुले नगरभित्र हुने गरेका भ्राष्टाचार तथा अनियमितता लाइ भण्डाफोर गरि आम जनमानसमा जानकारि गराउने बताएका थिए ।
साँढेपानि स्थित दशरथ माविको सभाहलमा सम्पन्न कार्यक्रमका प्रमुख अतिथिमा नेकपा केन्द्रिय कमिटी सदस्य एवम जिल्ला अध्यक्ष रतन थापा रहनुभएको थियो भने राष्ट्रिय युवा सँघ नेपाल घोडाघोडी नगर सँयोजक होम तामाङले कार्यक्रमको अध्यक्षता गर्नुभएको थियो ।