नेपाल कम्युनिस्ट पार्टी घोडाघोडी नगर कमिटीको तेस्रो विस्तारित बैठक आज साडेपानी सभाहलमा सम्पन्न ।नेकपा घोडाघोडीका अध्यक्ष बाधुराम चौधरीको अध्यक्षता बसेको बैठकका प्रमुख अतिथिमा नेकपा केन्द्रिय समिति सदस्य नारदमुनी राना तथा बिशिस्ट अतिथिमा कैलाली जिल्ला अध्यक्ष रतन थापा रहनु भएको थियो भने कार्यक्रममा केन्द्रिय तथा प्रदेश कमिटी सदस्य , जिल्ला कमिटी सदस्यहरु अतिथी रहेका थिए ।साथै नगरको १२ वटै वडा बाट उपस्थित प्रतिनिधिहरु थपिदै १४८ जना नयाँ नगर सदस्य थपिदै २५१ सदस्यीय नगर कार्यसमिति चयन भएको थियो ।कार्यक्रममा प्रमुख अतिथि नारदमुनी रानाले कैलाली जिल्लामा र समग्र सुदुरपश्चिममा केपि ओलिले नेतृत्व गरेको नेकपा एकदम मझबुत र एकढिक्का रहेको ले केही अराजक समुहले पार्टी छोडदैमा पार्टी मा केही फरक नपर्ने र अब चुनाब् को माहौल बनिसकेकोले उच्च मनोबलका साथ जनताका माझ गएर बुझाउन आग्रह गरे।साथै माघ२३ गते काठमाडौको जनसभा एतिहासिक र लाखौंको उपस्थिती रहने भब्य कार्यक्रम हुने बताए।कार्यक्रम सन्चालन नगर कार्यलय सदस्य बक्त शाही गरेका थिए।





