Thursday, September 28, 2023

घोडाघोडीमा दुर्घटना,बस र ट्याक्टर ठोकियो ४ जना सामान्य घाइते

कैलालीको घोडाघोडी नगरपालिका १ घोडाघोडी मन्दिर नजिकै बस र ट्याक्टर एक आपसमा ठोक्किँदा दुर्घटना भएको छ । पश्चिम बाट पुर्व जाँदै गरेको ना ४ ख ९९७३ नम्बरको बस र पुर्व बाट पश्चिम जाँदै गरेको  से १ त ४८३८ नम्बरको ट्रयाक्टर  एक आपसमा ठोक्किँएको बताइएको छ ।

बस र ट्याक्टर एक आपसमा ठोक्किँदा मानवीय क्षेती नभए पनि बसमा सवार ४ जना समान्य घाईते भएको इलाका प्रहरी कार्यालय सुखडका नायब उपरीक्षक सागर बोहराले बताए । ट्याक्टरको अगाडिको भाग फुटेको इलाका प्रहरी कार्यालय सुखडले जनाएको छ ।

बस पुर्व पश्चिम राजमार्गमा पल्टेको छ । पश्चिम बाट पुर् जाँदै गरेको बसलाई पुर्व बाट पश्चिम जाँदै गरेको ट्याक्टरले ठक्कर दिएको बुझिएको छ । दुर्घटना पछि ट्याक्टर चालक फराहार रहेको र चालकको खोजी कार्य भई रहेको इलाका प्रहरी कार्यालय सुखडले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

1 of 25

Leave A Reply

Your email address will not be published. Required fields are marked *