Saturday, September 23, 2023

मुस्ताङमा गोरुको टाउको र मासुसहित चार जना पक्राउ

मुस्ताङ –  मुस्ताङमा प्रहरीले गोरु काटेको अभियोगमा चार जनालाई नियन्त्रणमा लिएको छ । थासाङ गाउँपालिका–४ घाँसाका अर्पण श्रेष्ठको घरमा बस्दै आएका ५३ वर्षीय लालबहादुर श्रेष्ठ, ३७ वर्षीय सनिश श्रेष्ठ तथा पहिरो थाप्ला बस्ने १३ वर्षीय निश्चल विक र ३७ वर्षीय पूर्ण विकलाई गोरु काटेको अभियोगमा प्रहरीले नियन्त्रणमा लिएको हो।
गोरु काटेको भन्ने सूचनाका आधारमा खटिएको प्रहरी टोलीले जाँच गर्दा निजहरुलाई गोरुको टाउको र मासुसहित फेला पारेको प्रदेश प्रहरी कार्यालय गण्डकी प्रदेशका प्रहरी नायब उपरीक्षक राजकुमार थिङले जानकारी दिएका छन्। यस विषयमा प्रहरीले अनुसन्धानलाई अगाडि बढाएको उनको भनाइ छ। 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

1 of 96

Leave A Reply

Your email address will not be published. Required fields are marked *