Thursday, September 28, 2023

कैलालिको घोडाघोडी सुखड्मा प्रचण्ड -माधब समूहको नेकपाले मनायो जनयुद्द दिवस,डा.भिम रावलको सम्बोधन

कैलालीको सुखडमा जनयुद्ध दिवसको अवसरमा पारेर आज नेकपाको प्रचण्ड–नेपाल समूहको घोडाघोडी नगर कमिटीले नेता भीम रावलको प्रमुख आथित्यतामा बृहत् सभाको आयोजना गरेको छ ।कार्यक्रममा बोल्दै नेता भीम रावलले अहिलेको सरकारले जनताको हितमा काम गर्न नसकेको बताएका छन् । रावलले अहिले प्रधानमन्त्री केपी शर्मा ओलीले सुदूरपश्चिम प्रदेशलाई चार जना मन्त्री दिएको भन्दै बहादुरी देखाएको भन्दै कटाक्ष गरेका थिए । उनले आफ्नो सम्बोधन भरी वर्तमान सरकारलाई आरोप मात्रै लगाए तर सम्बोधनमा जनयुद्धका घाइतेहरूको अवस्था कस्तो छ ,उनीहरूको जिवननिर्वाहमा के कस्ता योजना ल्याउन पहल गर्ने भन्ने विषयमा केही बोलेनन् ।कार्यक्रममा केन्द्रीय सदस्य तथा प्रचण्ड–नेपाल समूहको नेकपाका प्रदेश अध्यक्ष तथा पूर्व मन्त्री भानुभक्त जोशी , सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री समेत रहेका नेकपाका केन्द्रीय सदस्य प्रकाश शाह,सुदूरपश्चिम प्रदेश कमिटी सचिव नेप बहादुर चौधरी लगायतले कैलाली इन्चार्ज रुपा चौधरी,जिल्ला सचिव लालबहादुर सोडारी लगायतले बोलेका थिए । जिल्ला सचिवालय सदस्य खडक रावतले स्वागत गरेको कार्यक्रम प्रचण्ड–नेपाल समूहको नेकपा घोडाघोडी नगर कमिटीका सचिव खगेन्द्र हमालको सभापतित्वमा भएको थियो भने  सञ्चालन पूर्ण जोशीले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

1 of 96

Leave A Reply

Your email address will not be published. Required fields are marked *