Tuesday, September 26, 2023

पुर्ब मन्त्री सोडारी द्वारा पशुपति मावीको चार कोठे भवनको उद्घाटन


चौमाला, ४ फागुन
कैलालीको गौरिगङ्गा नगरपालिका वडा नम्बर १ गोप्का स्थित पशुपति माध्यामिक विद्यालयको नवनिर्मित चार कोठे पक्की भवनको उद्द्घाटन भएको छ । सुदुरपस्चिम प्रदेश सरकारका पुर्ब सामाजिक बिकास मन्त्री तथा प्रदेश सभा सदस्य माननीय दीर्घ बहादुर सोडारीले एक कार्यक्रमका बिच उद्घाटन गरेका हुन ।
उद्घाटन कार्यक्रममा बोल्दै पुर्ब मन्त्री सोडारीले विद्यालयको भौतिक पुर्बाधार संगै शैक्षिक गुणस्तरमा ध्यान दिनु पर्ने बताए ।
बिद्यालयका अध्यक्ष अम्मर छ्न्तेलको अध्यक्षता भएको कार्यक्रमको स्वागत प्रधानाध्यापक तोयानाथ जोशीले गरेका थिए । सासद सोडारीको पहलमा प्रदेशको सामाजिक बिकास मन्त्रालय अन्तर्गत ३८ लाखमा सो चार कोठे पक्की भवन निर्माण भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

1 of 96

Leave A Reply

Your email address will not be published. Required fields are marked *