Thursday, September 28, 2023

पत्रकार महासंघको महाधिवेशनमा ओलि समुहले पोख्यो असन्तुष्टि,मर्यादा क्रम मिचेकोमा जनाए आपत्ति

बुधबार नेपाल पत्रकार महासङ्घको २६औँ महाधिवेशनको उद्घाटन सत्रमा राष्ट्रपतिलाई प्रमुख अथिती नबनाएर उपराष्ट्रपतिलाई प्रमुख अथिती बनाइएको थियो ।

कार्यक्रममा बेल्ने क्रममा संगठनका तर्फबाट मर्यादाक्रम मिचिएर आफूलाई बोल्न दिइएको भन्दै ओली नेकपा निकट प्रेस संगठनका संयोजक गणेश बस्नेतले औपचारिक रपमै विरोध गरेका थिए ।

त्यसको प्रतिवाद गर्दे अर्का समुहका महेश्वर दाहालले सिगो पत्रकार महासंघ नै प्रतिगमनको विरुद्धमा रहेको दावी गरेका थिए ।

बीचमा कांग्रेस निकट प्रेश यूनियनका सभापति बद्री सिग्देलले भने दुवै पक्षलाई गिज्यादै सत्ता उलटफेरको असर महासंघको कार्यक्रममा पनि देखिउको बताएका थिए ।

महाधिवेशनको बन्द सत्रमा भने अधिकांस वक्ताले पारिश्रमिकको कुरा मुख्य चुनौतीको रुपमा रहेको भन्दे आआफ्ना भनाई राखेका थिए । त्यस्तै पारिश्रमिक नपाउने, परिचयपत्र प्रदान तथा नवीकरणमा पनि समस्या रहेको उनीहरुका भनाइ थियो ।

लागि काठमाडौँमा भेला भएका पत्रकारहरूले पत्रकारिता क्षेत्रमा विभिन्न चुनौती रहे पनि पत्रकारहरूले पाउने पारिश्रमिक नै प्रमुख चुनौतीको रूपमा देखा परेको बताएका हुन् ।

पत्रकारहरूले सञ्चार माध्यमबाट तोकिएको पारिश्रमिक नपाउने तथा पाए पनि ढिलो गरी पाउने भएकाले पत्रकारहरू समस्यामा पर्ने गरेको बताए । सुर्खेतबाट गोरखापत्र सम्वाददाता मुना हमालले मोफसलका मिडियामा पारिश्रमिककै अप्ठ्यारो रहेको बताइन् ।

न्यूनतम पारिश्रमिक नपाउने समस्यासँगै मिडियाले तोकेकै पारिश्रमिक पनि पाउने अवस्था नरहेको उनको भनाइ छ । महिला पत्रकारमाथि झनै पारिश्रमिक र जिम्मेवारीमा नै भेदभावपूर्ण व्यवहार हुने गरेको भन्दै उनले महिला पत्रकारहरू पत्रकारितामा टिकिरहन समस्या रहेको बताइन् ।

नेपाल पत्रकार महासङ्घ सिन्धुली शाखाका अध्यक्ष राजन कार्कीे कोभिड १९ पछि पत्रकारिताको अवस्था लथालिङ्ग भएको बताउँछन् ।

स्थानीयस्तरमा धेरै सञ्चारमाध्यमहरू खुलेका भए पनि स्थानीय सरकार पत्रकारमैत्री नुहुँदा चुनौती उत्पन्न हुने गरेको उनको भनाइ छ । पत्रकारहरूको शान्ति सुरक्षाको समस्या पनि भयावह रूपमा बढेको उनले बताए ।

नेपाल पत्रकार महासङ्घ काठमाडौँ शाखाका अध्यक्ष शन्तराम बिडारीले कोभिड–१९ को बहानामा पत्रकारहरू जागिरबाट निस्किने तथा पारिश्रमिक नपाउने समस्या उत्पन्न भएको बताए ।

ठूला मिडिया हाउसहरू केवल व्यवसायउन्मुख मात्रै भएको उनको भनाइ छ । साना तथा स्वरोजगारमुखी मिडिया जीवन–मरणको सङ्कटमा रहेको अध्यक्ष बिडारीले बताए ।

नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य रामप्रसाद दाहालले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा अङ्कुश लगाउने खालका कानुन नआउन् भन्नेतर्फ ध्यान दिनुपर्ने बताए ।

श्रमको मूल्य पाउने वातावरण बनाउनुपर्ने अर्को चुनौती रहेको उनको भनाइ छ । कोभिड–१९ बाट थलिएका स्वरोजगारमूलक मिडियाको निरन्तरताको प्रबन्ध गर्नुपर्ने अवस्था रहेको दाहालले बताए ।

नेपाल पत्रकार महासङघका केन्द्रीय सचिव रेम विश्वकर्माले पत्रकारहरूले स्वतन्त्र रूपले लेख्न, बोल्न पाउने वातावरण बन्न नसकेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

1 of 96

Leave A Reply

Your email address will not be published. Required fields are marked *