प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले संविधानमा टिपेक्स लगाएर २०४७ सालको जस्तो बनाऔं भन्दै व्यंग्य गरेका छन् ।
संविधानको धारा ७६ को उपधारा ७ र उपधारा ५ को विश्वासको मत लिने व्यवस्थामा टिपेक्स लगाउने हो भने २०४७ सालको जस्तै ठ्याक्कै हुन्छ कि हुँदैन भनेर उनले व्यंग्य गरेका हुन् ।
‘त्यो धारा ७६ को उपधारा ७ र उपधारा ५ मा प्रधानमन्त्री नियुक्त हुन नसकेमा शब्दलाई टिपेक्स लगाउने हो भने त यो २०४७ सालको संविधानको धारा ५३ को ४ जस्तै ठ्याक्कै हुन्छ कि नाइँ?’ राणाको प्रश्न थियो ।
राणाको थप प्रश्न थियो-‘प्रधानमन्त्री नियुक्त हुन नसकेमा भन्ने शब्द नमिलेको जस्तो देखियो । यो शब्द मेटेर हेर्ने हो भने त पुरानै व्यवस्था अनुसार हुन्छ कि नाइँ ?’ त्यो शब्द एकछिनलाई मेटेर हेरौँ ।
संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनको बचाउका लागि सरकारी पक्षको तर्फबाट बहस गरेका अधिवक्ताहरूले २०४७ सालको संविधानको सहारा लिएका थिए । एमिकस क्युरीका सदस्य विजयकान्त मैनालीले समेत संविधानको सहारा लिँदै प्रधानमन्त्रीको कदमको बचाउ गरेका थिए ।