पोखरा । नेपाली काँग्रेस भित्र संसद विघटन बिरुद्ध शसक्त आन्दोलन गर्ने या अदालतको निर्णय पर्खेर चुनावमा जाने भन्नेमा मतान्तर रहँदै आएको छ । यसका बीच पनि देउवा पौडेल सिटौला समुहको दबाबमा विकेन्द्रीत आन्दोलनमा भने सहमत भएका छन् ।
तर अब शसक्त आन्दोलनमा जानु पर्ने काँग्रेस भित्र दबाब बढीरहेका बेला आन्दोलनको मनशायमा नरहेका सभापति शेर बहादुृर देउवाले जुलुश निकाल्न नै आफूहरुसगँ पैसा नभएको दाबी गरेका छन् ।
पोखरामा आज नेपाल राष्ट्रिय मगर संघको पोखरामा प्रदेश स्तरीय भेलालाई संवोधन गर्दै जुलुश निकाल्न आफूहरुसगँ पैसा पनि नभएको, जबरजस्ती मान्छे ल्याउन पनि सकिदैन भन्दै यस्तो बताएका हुन् ।
कित प्रचण्डको जुलुश ठूलो हुन्छ, कि ओलीको हुन्छ, तर हाम्रो त्यत्रो जुलुश हुँदैन अनि के गर्ने देउवाले भने । जुलुशको आधारमा फैसला हुने भए अदालत किन चाहियो देउवाले प्रश्न गरे ।
पार्टीको जुलुशमा काँग्रेसकै क्रियाशिल सदस्य पनि नआउने गरेको देउवाले गुनासो गरे ।
ओलीले हठात् संसद विघटन गरेर देश संसद पुनस्थापना र निर्वाचनको पक्ष विपक्षमा ध्रुवीकृत भएको भन्दै अदालतलाई यसो गर उसो गर भन्न नमिल्ने देउवाले दोहोर्याए