Tuesday, September 26, 2023

प्रदेश १ को प्रदेशसभालाई भंग गर्ने तयारी : अर्को चुनावसम्मका लागि राष्ट्रपति शासन !

प्रदेश १ स्थित रहेको प्रदेशसभालाई बिघठन गरी अर्को चुनावसम्मका लागि राष्ट्रपति शासन लगाउने तयारी थालिएको छ । प्रधानमन्त्री केपि शर्मा ओली र मुख्यमन्त्री शेरधन राईबीच भएको सम्झदारी अनुसार प्रदेश १ को प्रदेशसभा भंगगरि राष्ट्रपति शासन लगाउने तयारी भइरहेको श्रोतको दावी छ ।

‘की बर्तमान सरकार नै आउँदो चुनावसम्मका लागि काम चलाउ सरकारको रुपमा रहनेछ वा प्रदेशमा राष्ट्रपति शासन लगाइने छ’ श्रोतले भन्यो नेकपा अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले संवैधानिक सबै बिकल्पमा छलफलहरुलाई जारी राखेका छन् ।

यता, प्रदेशका मुख्यमन्त्री शेरधन राईले प्रदेश १ को प्रदेशसभा भङ्ग हुनसक्ने बताएका छन् । केहि संवाददाताहरुसंगको संवादमा उनले बिहिबार त्यस्तो बताएका हुन् ।

संवाददताहरुसँगको कुराकानीमा मुख्यमन्त्री राईले प्रदेशसभा नै भंग हुनसक्ने पनि बताएका हुन् । ‘म त्यो पक्षमा छैन, तर उहाँहरु (प्रचण्ड-माधव समूह) को रबैयाका कारण त्यहाँ नपुग्ला भन्न सकिन्न’ उनले भने त्यसपछि संवैधानिक ब्यवस्था अनुसार प्रदेश शासन चल्नेछ ।

आफू विघटनको पक्षमा नरहेको भन्दै उनले भने, ‘अविश्वासको प्रस्ताव दर्ता हुँदैछ भन्ने थाहा पाएकै बिहान अधिवेशन आह्वानका लागि सिफारिस मैले गरेको हो, यदि त्यस्तो हुन्थ्यो भने प्रस्ताव दर्ता अघि नै विघटनको सिफारिस गर्न सक्ने अवस्था हुन्थ्यो नि । तर म त्यस (विघटन) को पक्षमा छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

1 of 96

Leave A Reply

Your email address will not be published. Required fields are marked *