Saturday, September 23, 2023

प्रतिनिधि सभा विघटनको निर्णय सर्वोच्चद्वारा बदर, संसद् पुनर्स्थापना हुने

काठमाण्डाै – सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटन गर्ने सरकारको निर्णयलाई बदर  गरेको छ ।  संवैधानिक इजलासमा भएको बहसका आधारमा सर्वोच्चले प्रतिनिधि सभा विघटनको निर्णयलाई  बदर गर्दै संसद् पुनर्स्थापनाकाे फैसला गरेको हो ।

गएकाे पुस ५ गते भएको प्रतिनिधि सभा विघटनको निर्णय असंवैधानिक भएको भन्दै सर्वोच्च अदालतमा १३ वटा रिट परेका थिए । रिटको सुनुवाइको लागि संवैधानिक इजलास गठन भएको थियो । संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसी रहेका थिए ।   

यसैगरी सर्वाेच्चकाे आदेशमा आदेशमा १३ दिनभित्रै संसद् बैठक बोलाउन भनिएको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

1 of 96

Leave A Reply

Your email address will not be published. Required fields are marked *