डेेेेमोक्रेसी नेेेपाल ,फागुन १४आफू र पल शाह माथी अरुण प्रधानले अभद्र व्यवहार गरेको भन्दै पल शाहका मेनेजर कृष्ण जोशिले अरुण प्रधान विरुद्ध उजुरि दिएका छन ।
म्युजिक भिडियो सुटिङको क्रममा पल शाह संगै आफू धरान पुगेका बेला चलचित्रकर्मी महासंघ प्रदेश १ का अध्यक्ष भनिने अरुण प्रधानले आफूमाथि दुर्व्यवहार गरेको भन्दै उजुरि दिएको जोशिले दिएको उजुरी पत्रमा उल्लेख छ ।
‘आफुहरु म्यूजिक भिडियो छायांकनका लागि धरानमा थियौ। खाना खाने क्रममा अरुणजीले आफू र पल शाहलाइ दुर्व्यवहार गरेको भन्दै कृष्णले उजुरी दिएका हुन ।’
अरुण्क प्रधानले ‘एउटा कार्यक्रमका लागि पल शाह लाई भनेपछि पल शाहले मेरो म्यानेजर कृष्ण जोशीसँग कुरा गर्नुस भनेपछी अरुणजीले पल शाह र आफुलाइ दुर्व्यवहार गरेकोले कानुनी कारबाहिको माग गर्दै उजुरी दिएका हुन ।
पल शाहलाइ अरुणजीलाई तपाइले बोल्ने तरिका यही नै हो, हामी त गेष्ट हौं भनेका थिए । मलाई अरुणजीले उल्टै औंला देखाएर पिट्न खोज्नुभयो ।’
उजुरिमा अभियुक्त बनाइएका अरुण प्रधानले मुलुकी अपराध सहिता २०७४ भाग २ परिक्षेद ५ को ११८(१) को अपराध गरेको हुँदा निजलाइ पक्राउ गरि मुलुकी अपराध सहिता २०७४ भाग २ परिक्षेद ५ को ११८(२) बमोजीम कारबाही गर्न माग गरिएको छ ।