डेमोक्रेसि सम्बादाता ,कैलाली फागुन १४
डेमोक्रेसी नेपाल ड्ट कम का सम्पादक होम प्रसाद आचार्य लाई घोडाघोडी नगरपालिका वार्ड न.२का वडा अध्यक्ष हरि बिस्ट ले समाचार रिपोर्ट को बिषय लाई लिएर कुटपिट गर्ने र क्यामरा माइक तोडफोड गर्ने धम्की दिएका छ्न।कैलाली जिल्लाको घोडाघोडी नगरपालिका वार्ड न २ आस्था नगर शिबिर लगाएत वडाका अन्य ठाउमा पुरानो पुर्जा वाला जग्गा धनी लाई बर्ग मिटर सहितको आउने गरि पुर्जा नयाँ दिने र सो नाप्न को लागि जसको जति कित्ता जग्गा भएअपनी समान तीन हजार तिर्नु पर्ने र अनिवार्य नाप्नै पर्ने भनी वडा अध्यक्षले दशरथ माबी को सभाहलमा स्थानीयको भेला नै गरि उर्दी नै जारी गरेको र कतिपयले मनोमानी ढंगले रकम समेत उठाएको भनी सुचना आएपछि सो सम्बन्धमा स्थलगत रुपमा नै गइ स्थानीय को गुनासो र उनिहरुको आवाज सम्बन्धि भिडियो रिपोर्ट र स्वम वडा अध्यक्षको समेत लाई पनि सो सम्बन्धमा बुझी उनको समेत धारणा लिएर सामाग्री प्रसारण गरको र सो प्रसारण पछि एक्कासि फोन गरेर त पत्रकार होस कि को होस मेरो अनुमती बिना किन भिडियो प्रसारण गरेको म को हु चिनेको छैनस तेरो क्यामरा र माइक फुटाइदिन्छु र कुटपिट गर्छु भनी धमकाएको अडियो सार्वजनिक भएको हो।