Saturday, September 23, 2023

जनयुद्धका शहिद अपांग तथा घाइते प्रति उच्च सम्मान र ब्यबस्थापन हुन्छ- मुख्यमन्त्री भट्ट

फागुन १४ सुखड- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले जनयुद्धमा घाइते, अपाङ्गलाई व्यवस्थापन गर्नको लागी प्रदेश सरकार कटिबद्ध रहेको बताएका छन् । शुक्रवार घोडाघोडी नगरपालिकामा भएको सहिद सप्ताह कार्यक्रममा बोल्दै मुख्यमन्त्री भट्टले प्रदेशमा भएका सम्पूर्ण घाइते , अपाङ्गता भएकालाई उपचारको खर्च व्यवस्थापन गर्ने कुरामा प्रदेश सरकारले काम गरिरहेको बताए । उनीहरूलाई विभिन्न खालका सिपमूलक कार्यक्रममा सहभागी गराई स्वरोजगार बनाउने देखी आर्य आर्जनलाई बढाउने कुरामा प्रदेश सरकार तयार रहेको उनले बताए । जनयुद्धमा मार्फत प्राप्त उपलब्धि हासिल गराउने सहिदहरू प्रति उच्च सम्मान रहेको मुख्यमन्त्री त्रिलोचन भट्टको भनाई छ । जनयुद्धमा त्याग तपत्या  र बलिदान गर्ने व्यक्तिहरूलाई प्रदेश सरकारले व्यवस्थापन गरिरहेको बताएका छन् ।  १२ वर्षे जनयुद्धमा घाइते , अपाङ्गलाई भएका व्यक्तिहरूलाई सम्मान जनक जीवन बाँच्नको लागी प्रदेश सरकारले केही गरेन कि नसोच्न उनीहरूलाई मुख्यमन्त्री त्रिलोचन भट्टले  आग्रह गरे । प्रदेशले छलफल गरिरहेको हुँदा छिट्टै त्यस्ता खालका कार्यक्रम ल्याउने प्रतिबद्धता गरेका छन् । कार्यक्रमको फरक प्रसङ्गमा बोल्दै सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले देशमा जुन खालको घटनाक्रम भइरहेको छ सब ओलीको कारणले भएको बताए । जनयुद्धमा धाईते , अपाङ्ग, सहिद र नेपाली जनताको सपनालाई चकनाचुर कसले गर्‍यो भन्ने कुरा सबैले बुझ्ने पर्ने बताए ।  उपलब्द्धीको रक्षा बलिदानको सम्मान, स्वाभिमान जन कल्याण अभियान अखिल भारत नेपाली एकता मञ्चको आयोजनामा महान् शहीद सप्ताह कार्यक्रम भएको हो । कार्यक्रममा विभिन्न नेता तथा जनयुद्धमा घाइते , अपाङ्गता भएका व्यक्ति र सहिद परिवारका सदस्यको उपस्थिति रहेको थियो । कार्यक्रममा १२ वर्षे जनयुद्धमा लडेर सहिद भएका, घाइते , अपाङ्गता भएका व्यक्तिहरू दोसल्ला सहित सम्मान समेत गरएिको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

1 of 96

Leave A Reply

Your email address will not be published. Required fields are marked *