फागुन १५ सुखड – कैलालीको घोडाघोडी नगरपालिका ८ आम फाटामा ३९ औँ मगर दिवस मनाइएको छ । नेपाल मगर सङ्घ घोडाघोडी नगर समितिको आयोजनामा मगर दिवस मनाइएको हो । समितिका अध्यक्ष झुपलाल पुन मगरको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि घोडाघोडी नगरपालिकाका नगर प्रमुख ममता प्रसाद चौधरी रहेका थिए । कार्यक्रममा विभिन्न व्यक्तिहरूको सहभागिता रहेको थियो । ३९ औँ मगर दिवस कार्यक्रममा विभिन्न कार्यक्रम भएको थियो । परम्परागत भेष भूषा र आकर्षक पहिरनमा सजिएका मगर समुदायको जमघट बाक्लो थियो। छिटको गुन्यू,चौबन्दी चोली अनि रातो घलेकी र पटुका त्यसै माथि खुर्पेटो र हँसिया, निधारमा टीका,पहेँलो पोतेमा सिँगारिएका मगर सेनी तथा भोटो, इस्टकोट, कछाड, गलबन्दी, भर कलि लगाएका मगर पुरुषको उपस्थिति रहेको थियो । कार्यक्रममा मगर समुदायको वेशभूषा, ¥याली तथा झाँकी प्रदर्शन गरिएको थियो। समानता, सामाजिक न्याय, अस्तित्व र अधिकार सम्पन्न समृद्ध समाजसहितको देश निर्माण अभियानमा टेवा पु¥याउने उद्देश्यले २०३९ फागुन १५ गते नेपाल मगर सङ्घ स्थापना भएको हो ।