Saturday, September 23, 2023

पार्टीको ह्विप मान्नु पर्ने नमाने कार्यबाहि गर्ने प्रमुख सचेतक भट्टराईको चेतावनी

नेकपा ओली समूहका संसदीय दलका मुख्य सचेतक विशाल भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा अहिले पनि एक सयभन्दा बढी सांसद रहेको दाबी गरेका छन् । शनिबार काठमाडौंमा गरिएको साक्षात्कारमा बोल्दै भट्टराईले अहिले पनि प्रधानमन्त्री ओलीको पक्षमा बहुमत सांसद रहेको जिकिर गरेका हुन् ।

‘प्रधानमन्त्री ओली अल्पमतमा हुनुहुन्छ भनेर बाहिर हल्ला चलाइएको छ, तर म दाबाका साथ भन्छु–उहाँ बहुमतमा हुनुहुन्छ । आवश्यक पर्दा त्यो हामी देखाउन तयार छौं । उहाँको पक्षमा संख्याको कुरा गर्नुहुन्छ भने पनि एक सयभन्दा बढि सांसद छन्’ उनले भने ।

प्रतिनिधिसभा विघटन भएपछिको यो दुई महिनाको अवधिमा आफूहरू पार्टीलाई जनस्तरसम्म लिएर जान सफल भएको पनि उनको भनाइ छ । सर्वोच्च अदालतले ११ पुषमा प्रतिनिधिसभा पुनर्स्थापना गरेको फैसलालाई आफूहरूले सम्मान गर्ने पनि उनले सुनाए । उनले सर्वोच्च अदालतको फैसलाबमोजिम सरकारले प्रतिनिधिसभाको अधिवेशन २३ फागुनका लागि बोलाउन सिफारिस गरिसकेको जनाए ।

प्रधानमन्त्री ओलीविरुद्ध संसदमा अविश्वासको प्रस्ताव दर्ता भए आफूहरूले डटेर सामना गर्ने उनले जनाए । तर, पार्टीका सांसदले पार्टीको ह्विप उल्लंघन गरे विधानअनुसार कारबाही गरिने पनि उनले चेतावनी दिए ।

उनले आफूहरूले प्रचण्ड र माधव नेपाललाई अहिलेसम्म कारबाही नगरेको पनि जनाए । उनले प्रचण्ड र माधव नेपाललाई पनि अहिले पनि सच्चिने ठाउँ रहेको सुनाए । तर, त्यसको लागि प्रचण्डले पार्टी कमिटी बैठकमा पेश गरेको १९ पृष्ठ लामो आरोपपत्र फिर्ता गर्नुपर्ने सर्त राखेका छन् ।

RITZ
Shikhar Insurance

संसद्को अधिवशेनअघि नै आफूहरूको संसदीय दलको बैठक बस्ने उनले जानकारी दिए । उक्त बैठकमा सहभागी हुनको लागि प्रचण्ड–नेपाललाई पनि उनले आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

1 of 96

Leave A Reply

Your email address will not be published. Required fields are marked *