धनगढी: जनता समाजवादी पार्टी(जसपा) का नेता राजेन्द्र महतोले अधिकार र पहिचानका लागि आन्दोलन गर्ने रेशमलाल चौधरी र लक्ष्मण थारुलाई कारागार बसाउनु अन्याय भएको बताएका छन्।
शनिबार कैलालीको गाउँपालिकाको हसुलियामा थरुहट/थारुवान राष्ट्रिय मोर्चाको राष्ट्रिय सम्मेलनमा बोल्दै महतोले समाजका लागि लड्ने चौधरी र थारुले जेल जिवन बिताउँदा १७ हजारको ज्यान जाने गरि आन्दोलन गर्ने नेकपाका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ लाई कुनै कारवाही नगरिएको आरोप लगाएका छन्।
‘अधिकार र पहिचानका लागि लड्ने रेशमलाल चौधरी र लक्ष्मण थारुले आजिवन कारावास बस्नुपर्ने ?’ उनले प्रश्न गर्दै भने, ‘प्रचण्डको आन्दोलमा १७ हजार मान्छे मारिए। १७ सय वर्ष जेल बस्नुपर्ने होइन प्रचण्ड ? के भइरहेको छ यो देशमा