Sunday, September 24, 2023

देश अब सबिधानको ट्रयाक रहेर चुनावमा जान्छ-काग्रेस नेता गगन थापा

नेपाली कांग्रेसका युवा नेता गगन थापाले अब देश चुनावमा गएको बताएका छन् । कांग्रेस तीनपाटन गाउँपालिका कार्यसमितिद्वारा आयोजित आमसभामा सम्बोधन गर्दै उनले ५ पुसमा प्रधानमन्त्रीको असंबैधानिक कदमको प्रसङ्ग कोट्याउदै अब संविधानको ट्रयाकमा बसेर देश निर्वाचनमा जाने बताएका हुन् ।

‘यदि संसद् विघटन सदर भएको भए संविधान मिचेर चुनाव हुन्थ्यो तर अब संविधानको ट्रयाकमा बसेर देश चुनावमा जान्छ,’ उनले भने, ‘हामी सरकारमा जान्छौँ तर कसैको भागमा रमाएर होइन, निर्वाचनमा सानदार जितसहित जान्छौँ ।’

उनले प्रधानमन्त्रीको रूपमा अझै केपी ओली नै रहेकाले अझै संकट नटरेको समेत बताएका हुन् । नेता थापाले भने, ‘प्रधानमन्त्रीको असंबैधानिक कदमलाई अदालतले ठाउँमा ल्याए पनि सन्किएको चालक ड्राइभर सिटमै भएकाले अझै अर्को ठाउँमा खसाल्ने खतरा छ ।’

तर, अहिलेको अवस्थालाई संसदमा बसेर आफुहरुले सम्हाल्ने बताउँदै थापाले  आफ्ना कार्यकर्तालाई चिन्ता नलिन अनुरोध पनि गरेका छन् । आज तीनपटन गाउँपालिकामा विभिन्न पार्टी परित्याग गरि ९४५ जनाले कांग्रेस पार्टी प्रवेश गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

1 of 96

Leave A Reply

Your email address will not be published. Required fields are marked *