Tuesday, September 26, 2023

प्रेस संगठन नेपाल कैलाली को भेला धनगढीमा सम्पन्न

धनगढी : प्रेस सङ्गठन नेपाल कैलालीको जिल्ला भेला आईतबार धनगढीमा सम्पन्न भएको छ । भेलाले कैलालीमा ११ सदस्यीय कार्यालय र ५३ सदस्यीय जिल्ला कमिटी तयार गरेको छ ।

कार्यालयमा प्रेस सङ्गठन कैलालीका संयोजक भानुभक्त आचार्य, सह–संयोजक बिराज रोस्यारा, पदम सापकोटा, लोकु सिंह ठकुरी, जीवन बिष्ट, नीराजन परियार, धुर्व ओझा, मोहन जोशी, सिरिसा राना र लक्ष्मी कुमारी जैसी रहेका छन् । थप एक जना सदस्य पछि मनोनीत गरिने जनाइएको छ । भेलाले ५३ सदस्यीय कार्यसमिति समेत चयन गरेको छ ।

नेकपा कैलालीका अध्यक्ष रतन थापाको प्रमुख आतिथ्यमा र भानुभक्त आचार्यको अध्यक्षतामा सम्पन्न भएको भेलामा नेकपा केन्द्रीय सदस्यहरू सम थापा र ऋषि बिनाडी पनि सहभागि थिए । भेलालाई सम्बोधन गर्दै प्रमुख अतिथि थापाले मर्यादित पत्रकारिता गर्न प्रेस सङ्गठनमा आबद्ध रहेका पत्रकारहरूलाई आग्रह गरेका थिए ।

त्यस्तै कार्यक्रममा सङ्गठनका प्रदेश इन्चार्ज हेमन्त पौडेल, सह इन्चार्ज गोविन्द रोस्यारा, प्रदेश संयोजक कृष्ण ओली, प्रेस सङ्गठन केन्द्रीय सदस्य लोकशरी कुँवर, पत्रकार महासङ्घका पूर्व केन्द्रीय सदस्य दिल बहादुर छत्याल लगायतले मन्तव्य राखेका थिए ।

जिल्ला कमिटी बिस्तार पछि आगामी दिनमा सङ्गठनलाई थप चलायमान गराइने र पत्रकारहरूको पेसागत सुरक्षाका विषयमा आवाज उठाइरहने जिल्ला संयोजक भानुभक्त आचार्यले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

1 of 96

Leave A Reply

Your email address will not be published. Required fields are marked *