Saturday, September 23, 2023

प्रचण्डको रास्ट्रीय स्वाधीनताको विरुद्धको अभिव्यक्ति को बिरोधमा सुखड्मा युवा बिद्यार्थी को प्रदर्शन

फागुन कैलाली । नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले दिएको अभिव्यक्ति विरुद्ध कैलालीमा विद्यार्थी आन्दोलित भएका छन् ।

एक टेलिभिजन अन्तरवार्तामा अध्यक्ष दाहालले काँग्रेस मधेसी र आफूहरू मिलेर सरकार बनाउँदा भारतलाई सहज हुने आशय व्यक्त गरेका थिए । 

राष्ट्रिय स्वाधिनता विरुद्ध बोलेको भन्दै बिद्यार्थिहरुले कैलालीको घोडाघोडीमा प्रदर्शन गरेका हुन् । नेपाल कम्युनिस्ट पार्टी नेकपा ओली समूहको अखिल नेपाल स्वतन्त्र बिद्यार्थि युनियन अनेरास्ववियू र राष्ट्रिय युवा सङ्घ कैलालीले विरोध प्रदर्शन गरेका थिए ।

उनीहरूले हाम्रो देश हाम्रो स्वाभिमान, प्राण भन्दा प्यारो छ , भारतीय कम्फटटेवल सरकार चाहिँदैन, हाम्रो लिपुलेक हामीलाई दे तिम्रो प्रचण्ड लैजा, जनता पक्षमा बालुवाटार भारतको पक्षमा खुमलटार लगायत नारा लेखिएका प्ले कार्ड समेत प्रर्दशन गरेका थिए ।
प्रर्दशन पछि आयोजना गरिएको कोण सभामा मिलन ओली, शिव चन्द, धनञ्जय कठायत, हेम सापकोटाले मन्तव्य दिएका थिए । उनीहरूले नेकपाका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले दिएको अभिव्यक्तिले राष्ट्रको सिर झुकाएको बताए। 

विरोध सभाको सञ्चालन अनेरास्वब्यूका कैलाली जिल्ला सह संयोजक बिराज पाण्डेले गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

1 of 96

Leave A Reply

Your email address will not be published. Required fields are marked *