Thursday, September 28, 2023

बर्दियामा बाघको आक्रमणमा भैसि चराउन गएका ब्यक्तिको मृत्यु

बर्दिया — बर्दिया राष्ट्रिय निकुञ्जसँग जोडिएको नवरंग बाँझपुर सामुदायिक वनमा गाई,भैंसी चराउन गएका एक व्यक्तिको बाघको आक्रमणमा परी ज्यान गएको छ । दिउँसो २ बजेतिर बाघले आक्रमण गर्दा राजापुर नगरपालिका-१० कालाबन्जरका ६२ वर्षीय लालबहादुर चौधरीको मृत्यु भएको निकुञ्जका सहायक संरक्षण अधिकृत असीम थापाले बताए ।

उनीसँगै गएका अन्य गोठालले भागेर निकुञ्जलाई जानकारी गराएका थिए । निकुञ्जबाट हात्तीसहित सुरक्षाकर्मीको टोलीले खोज तलाश गर्दा साँझ ६ बजे झाडीमा मृत अवस्था चौधरी फेला परेका थिए ।

उक्त घटना सदरमुकामदेखि करिब ५० किमी पश्चिममा भएको हो । गत असार यता बाघको आक्रमणबाट गेरुवा गाउँपालिका र मधुवन नगरपालिकामा ७ जनाको ज्यान गइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

1 of 96

Leave A Reply

Your email address will not be published. Required fields are marked *