Saturday, September 23, 2023

३८ लाख लागतको बिधालय भवन प्रदेश सासद अमर साउद बाट शिलन्यास

फागुन १७ सुखड- कैलालीको घोडाघोडी नगरपालिका ४ गणेशपुरमा रहेको सीता कुण्ड माध्यमिक विद्यालयमा भवन शिलान्यास गरीएको । भवनको सुदूर पश्चिम प्रदेशका सांसद अमर साउँद र नगर उप प्रमुख प्रेम कुमारी थापाले संयुक्त रूपमा शिलान्यास गरेका हुन् । सुदूरपश्चिम प्रदेश सरकारको ३८ लाख लागतमा भवन भएको हो ।  विद्यालयका पुराना भवनहरू जीर्ण हुँदा पठन पाठनमा समस्या हुँदा नयाँ भवनको शिलान्यास गरीएको बताइएको छ । विद्यालयको अवलोकन गर्दा अधिकांश भवन जीर्ण भएको हुँदा आगामी दिनमा पनि सहयोग गर्ने सांसद अमर साउँद बताए । विद्यालयको स्तर उन्नतिका आफू लागी पर्ने उनले कार्यक्रममा बताए छन् । विद्यालयलाई सक्दो सहयोग गर्ने  सुदूर पश्चिम प्रदेशका सांसद अमर साउँदले प्रतिबद्धता गर्ने बताए । सबैले आ आफ्नो ठाउँ बाट भुमिका निभाएको खण्डमा विद्यालयको शैक्षिक गुणस्तर राम्रो हुने साउँ दले बताए । सकारात्मक र जिम्मेवारी पूर्ण भूमिका सबैले खेल्नु पर्ने कार्यक्रममा उनले बताए । समयमै गुणस्तरीय खालको सामाग्री प्रयोग गरे  छिटो छरितो तरीकाले भवन निमार्ण गर्न उनले समितिलाई आग्रह समेत गरेका छन् ।  सुदूर पश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयको बजेट मार्फत भवन निर्माण हुन लागेको हो । प्रदेशले मात्र नभएर स्थानीय सरकारले पनि विभिन्न ठाउँमा भौतिक संरचनाका कामहरू गरिरहेको उप प्रमुख प्रेम कुमारी थापाले बताउनु भयो । घोडाघोडी नगरपालिकाले प्राथमिकताको आधारमा योजनाहरू अगाडि बढाएको त्यही अनुसार वडाका विभिन्न ठाउँमा कामहरू भई रहेको उनले बताउनु भयो ।  शिलान्यास कार्यक्रममा बोल्दै वडाध्यक्ष टेक बहादुर बुढाले विद्यालयको स्तरोन्नतिका लागि प्रदेश सरकाले ठुलो सहयोग गरेको बताए । आगामी दिनमा पनि यस विद्यालयको गुणस्तरीय शिक्षा देखी भौतिक संरचना निर्माण गर्ने कुरामा पनि सहयोग गर्न संसार अमर साउँद उनले आग्रह गरेका छन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा वडा नम्बर ४ का वडा अध्यक्ष टेक बहादुर बुढाको सभापतित्वमा भएको शिलान्यास कार्यक्रमको प्रमुख अतिथि प्रदेश सांसद अमर साउँद रहको थिए । यस्तै कार्यक्रममा घोडाघोडी नगरपालिकाका उप प्रमुख प्रेम कुमारी थपा, नेकपाका नेता मेघ बहादुर साउँद, विद्यालयका सहयोग गर्ने दान वीर, विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष लगायतको सहभागिता रहेको थियो । विद्यालयमा कक्षा १२ सम्म पठन पाठन हुने गरेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

1 of 96

Leave A Reply

Your email address will not be published. Required fields are marked *