Thursday, September 28, 2023

दुम्कौली दुर्घटना, दुबै चाहलकको मृत्यु, दाङका सह-चालकको अवस्था गम्भीर

नवलपारासी,
१८-फागुन/निराजन के सि
गएराती पूर्वपश्चिम राजमार्ग अन्र्तगत पूर्वीनलपरासीको दुम्कौलीमा दुई वटा ट्रक एकआपसमा ठोक्किदा ट्रकका दुबै चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा पोखरा महानगरपालिका वडा नं. १५ का ५१ बर्षीय खिमबहादुर बिक र मकवानपुर गाउँपालिकाका ३५ बर्षीय राजकुमार न्यौपानेको रहेका छन् ||
दुर्घटनामा परी दुईजना सह-चालक गम्भीर घाईते भएका छन् । घाईते हुनेमा सहचालक दाङको बबई गाउँपालिका वडा नं. ६ निवासी धनश्याम खड्का र तनहुँ बन्दीपुरका १८ बर्षीय विश्वास शाही रहेका छन् । उनीहरु दुबैको अवस्था गम्भीर रहेको प्रहरीले बताएको छ । दुबैजनाको अहिले चितवन स्थित पुरानो मेडिकल कलेजमा उपचार भई रहेको छ । ना ६ ख ३०११ र ना ६ ख ७०२३ नम्बरको ट्रक गएराती १२ बजे पूर्वीनलपरासीको दुम्कौलीमा आपसमा ठोक्किएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

1 of 96

Leave A Reply

Your email address will not be published. Required fields are marked *