Saturday, September 23, 2023

के.आई.सिंह गाउँपालिमा रहेको झिमेमालिका माद्यामिक विद्यालयका विधार्थिहरुमा स्वास्थ्य समस्या देखियो

फागुन १९, डोटी
डोटीको के.आई.सिंह गाउँपालिमा रहेको झिमेमालिका माद्यामिक विद्यालयमा विद्यार्थीहरुमा टाउको दुख्ने, रिङ्गठा लाग्ने, बेहोस हुने लगायतका लक्षण देखिन थाले पछि विधार्थिहरु तथा शिक्षकहरु चिन्ताको विषय भएको छ ।
यस्ता किसिमका समस्या देखिनेमा कक्षा ६ देखि कक्षा ८ मा अध्ययनरत छात्राहरु रहेको विद्यालयले बताएको छ । विद्यार्थीहरुमा विभिन्न स्वास्थ्य समस्या देखिन थालेपछि पठनपाठनमा समस्या हुन थालेको विद्यालयका प्रधानाध्यापक नर बहादुर कार्कीले बताउनु भएको छ । प्रधानाध्यापक कार्कीका अनुसार विद्यालयमा उक्त समस्या उत्पन्न भएको करिव एक महिना भईसकेको छ । विद्यार्थीहरुमा दैनिक उक्त स्वास्थ्य समस्या देखिन थालेपछि विद्यालयले विद्यालयमा एक स्टाप नर्स राखेको छ ।
उनिहरुमा माक्स कल्भल्जन डिस अर्डर जस्तो समस्या देखिन थालेको दुर्गामाण्डौ स्वास्थ्य चौकी वायलका स्वास्थ्य चौकी प्रमुख भिष्मराज पाण्डेले बताउनु भयो । यो मानसिक रोग भएकाले उनिहरुलाई सान्त्वनाको जरुरत रहेको प्रमुख पाण्डेले बताउनु भयो । विद्यार्थीको मनोबल बढाउन सके समस्याको समधान हुने पाण्डेले बताउनु भयो ।
उक्त समस्या देखिएका केही विद्यार्थीहरुलाई अभिभावकको सल्लाहमा विद्यालयले एक हप्ताको विदा दिएको छ । विद्यालय गएपछि उक्त समस्या देखिने गरेको भए पनि घर फर्केपछि आफुहरु पुर्ण स्वस्थ हुने गरेको विद्यार्थीले बताएका छन् । विद्यार्थीहरुको मनोवल बढाउनको लागि विद्यालयले गाउँपालिकासंगको सहकार्यमा कालिका मन्दिरमा पुजापाठ पनि गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

1 of 25

Leave A Reply

Your email address will not be published. Required fields are marked *