फागुन २५ सुखड– कैलालीको एक अस्थाई ट्राफिक प्रहरी पोस्टलाई मोटरसाइकलको चाबी हस्तान्तरण गरीएको छ । जिल्लाको घोडाघोडी नगरपालिका २ साडेपानिमा रहेको अस्थाई ट्राफिक प्रहरी पोस्टलाई चाबी हस्तान्तरण गरीएको थियो । घोडाघोडी नगरपालिकाका नगर प्रमुख ममता प्रसाद चौधरीले सुदूर पश्चिम प्रदेश ट्राफिक प्रहरी प्रमुख एसपी बामदेव गौतमलाई एक कार्यक्रमका बिच मोटरसाइकलको चाबी हस्तान्तरण गरेका थिए । हस्तान्तरण कार्यक्रममा बोल्दै गौतमले अहिलेको समयमा ट्राफिक व्यवस्थापन मुख्य चुनौतीको रूपमा आएको भन्दै यसमा बढी जनताहरू संवेदनशील हुन आग्रह गरेका छन् । अस्थाई ट्राफिक प्रहरी पोस्ट साडेपानिले माग गरे अनुसार घोडाघोडी नगरपालिकाको कार्यपालिकाको बैठकले मोटरसाइकल दिने निर्णय गरेको थियो । सोही निर्णय बमोजिम १५० सि सी पल्सर मोटरसाइकलको चाबी हस्तान्तरण गरीएको थियो । उक्त मोटरसाइकलको मूल्य २ लाख ६० हजार रहेको बताइएको छ ।