नेकपा पार्टी कार्यालय कैलालीमा नेकपा एमालेको ब्यानर टाँगिएको छ।
आइतबार सर्वोच्च अदालतले नेकपाको आधिकारिकता ऋषि कट्टेललाई दिँदै एमाले र माओवादी केन्द्रलाई व्युँताइदिएपछि एमालेले पार्टी कार्यालयमा नाम र साइनबोर्ड राख्न लागेको हो।
धुम्बाराही पार्टी कार्यालयबाट आज देशभरको पार्टी कार्यालयहरुमा एमालेको बोर्ड राख्न निर्देशन दिइएको छ। सोहीक्रममा कैलालीमा पनि एमालेको ब्यानर राखिएको हो।
नेकपा ऐमालेका प्रदेश अध्यक्ष कर्ण थापा, पूर्व प्रदेश मन्त्री तथा सांसद् पठान सिह बोहरा, नेता रतन थापा लगायतको उपस्थितीमा ब्यानर टाँगिएको थियो।