फागुन २७ सुखड– बिहीबार शिवरात्रिको अवसरमा देशभरका शिवालयहरूमा श्रद्धालुहरूको भिड लागेको छ । फागुन कृष्ण चतुर्दशीका दिन मनाइने महाशिवरात्रि पर्व आराध्य देव शिवको पूजाराधना गरी गरिन्छ । यसैबिच कैलालीको मध्यवर्ती क्षेत्रमा रहेको घोडाघोडी मन्दिरमा पनि बिहीबार बिहानैदेखि पूजाआजा तथा दर्शन गर्ने भक्तजनको भीड लागेको छ । यद्यपि घोडाघोडी मन्दिरमा यस वर्ष कोरोनाको प्रभाव कायमै रहेता पनि त्यसको बेवास्ता गर्दै घोडाघोडी मन्दिर परिसरमा श्रद्धालु तिर्थालु र भक्तजन लगाएत आन्तरिक पर्यटक को घुइँचो रहेको थियो ।बिहान ६ बजे देखि साझ सम्म लगातार मानिसहरुको आवात जावत कायमै रहेको थियो।घोडाघोडी मन्दिर ब्यबस्थापनका अनुसार लगभग ५० हजार जनाले घोडाघोडी मन्दिर मा उपस्थित भै पुजा अर्चना गरेका थिए।